२२, चैत्र २०७६
मुक्तक - १
के के बोल्नु पर्छ कति बेला, सोच्दै सोचिनौ
आफ्नै वचनले दु:ख देला, सोच्दै सोचिनौ
पिरतीको डोरी चुँडिने गरी यो मन दुखायौ,
कतै आफ्नो साथी टाढिएला,सोच्दै सोचिनौ !!
मुक्तक - २
देख्दा अलि अलि चञ्चल छु भन्छे
तर मान्छे म निकै असल छु भन्छे
जसका दुई-चार वटा प्रेमीहरू छन्,
उसैले नि आजसम्म सिङ्गल छु भन्छे !!
मुक्तक -३
ज्यादै उठ्छ रिस अचेल, टाउको फुटाइदिन्छु
बरू बगोस रगतको भेल, टाउको फुटाइदिन्छु
हिजो मेरी प्रेमीका भगाइदियो आफ्नै साथीले
जानु परे म जाउँला जेल, टाउको फुटाइदिन्छु !!
मुक्तक -४
बाँच्न सक्दिन भन्थी तिमीबिना, छोडेर गई
गरीकन यो मायाको हिनामिना, छोडेर गई
ऊ मेरो जिन्दगीमा आएदेखि तहसनहस भो,
रहिछे निष्ठुरी साह्रै अलच्छिना, छोडेर गई ।।
मुक्तक -५
गाउँ छोडी उनले त्यो शहर रोजेपछि
झुपडी नभइकन महँगो घर रोजेपछि
मैले आफ्नै प्रेमीका छोड्नै परेको हो,
ढिडो, रोटीभन्दा पिँजा बर्गर रोजेपछि ।
- त्रिवेणी गा.पा -५ जुगार,रोल्पा
हाल : चण्डिगढ्,भारत ।
(भिम डाँगीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :चैत्र २२, २०७६ शनिवार -
१०:५५:४९ बजे