Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

शुभेच्छा छँदैछन् -टंक प्रसाद पन्थ

शुभेच्छा छँदैछन् -टंक प्रसाद पन्थ

नेप्लिज डायस्पोरा

२६, चैत्र २०७६
images
  दुखायाे सतायाे यतै दर्फरायाे र भित्रै गढेकाे व्यथा चर्चरायाे सबैभित्र लुक्ने न भाे भेटघाट यता साेंच्छ मान्छे उता हुन्छ घात ।। न धर्ती खुसी छन् न अाकाश हाँस्छन् छ सन्देह चिन्ता गिजाेल्छन् पिराेल्छन् कता काम गर्ने कुनै चेत छैन सबै त्रासमा छाैँ कतै चैन छैन ।। यता ताक्छ मान्छे निशाना छ अन्तै कहाँ पुग्नु यात्रा तगारा प्रशस्तै छ साह्रै वितृष्णा उडेको छ कान्ति चिताअाैँ मनैले कहाँ मिल्छ शान्ति ? न यो जिन्दगीकाे कुनै सार हुन्छ ! न अाफन्त हुन्छन् न विश्वास हुन्छ ! हुने हुन्छ जे जे न राेक्नै सकिन्छ गराैँ कामना यो भराेसा थपिन्छ ।। छ धर्ती बिरामी छ संसार त्रस्त ! सबै फेल भै गाे कहाँ छन् त अस्त्र ? कतै खुल्छ अाशा निराशा कतै छन् दियो बाल्न थालाैँ शुभेच्छा छँदैछन् ।।   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १४:१५:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend