Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

ईन्जाको अपिल !

ईन्जाको अपिल !

नेप्लिज डायस्पोरा

२९, चैत्र २०७६
images
  नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) मुख्य कार्यालय, भर्जिनिया अप्रिल ४, २०२० आदरणीय दाजुभाई दिदाबहिनीहरु! बर्तमान संक्रमणको समयमा यहॉहरुको बसाई स्वस्थ्य र सुरक्षित रहोस, हामी कामना गर्दछौं । संचारकर्मी साथीहरू! यतिबेला घरभित्र उपचारकालागि वा सावधानीकालागि बसेका परिवारहरू कोरोना भाइरसको सन्त्रास र यसबाट निधन हुन पुगेकाहरूको समाचार, तस्विर लगायतका सामाग्रीहरूको व्यापक सेयर र प्रचारका कारण तनावले गर्दा विरामीहरू र जो कोही पनि एन्जाइटी र डिप्रेशनमा जान सक्ने अवस्था आउन सक्छ। अत: यस अवस्थामा के कस्तो रिपोर्टिंग वा समाचारमात्र सम्प्रेषण गर्ने हो यो जटिल पनि छ । यो दुखको अवस्था हो तर बाचेका वा बाच्न अस्पताल र घरमा संघर्ष गरी रहेकाहरूलाई बचाउनु हामी सवैको कर्तव्य हो। समाचार सम्प्रेषण गर्दा समाचारको शिर्षक र समाचारको कन्टेन्ट उत्तेजक/दुख र चोट पुर्याउन सक्ने नराखी प्रेरणा मिल्ने , साहस थपिने वा मनोवल उच्च बनाउन प्रेरणा मिल्ने किसिमका सामाग्री/लेखहरू मात्र सम्प्रेषण गर्न र आधिकारीक निकाय वा सो नभएमा कम्तिमा पनि दुई भन्दा बढी स्रोतबाट भेरिफाई गरेर मात्रै सम्बेदनशील सामाग्रीहरु समाचारमा ल्याउन ईन्जा हार्दिक आग्रह गर्दछ । यसै गरी समाचार दिने स्रोतहरु एवं समाजका सदस्यहरुलाई पनि आफूलाई एकिन नभएका वा सुनेका कुरालाई मात्र आधिकारिक भन्दै संचार जगतलाई उपलब्ध नगराउनु हुन अनुरोध गरिन्छ । यस्तै यो संकटको घडीमा आफ्नो ज्यानलाई पनि जोखिममा राखेर निरन्तर आम समुदायलाई सूसुचित गर्न दत्तचित्त भएर खटिएका संचारकर्मीहरुलाई सम्मानका साथ टीकाटीप्पणी र सुझाव दिनुहुन साथै अनावश्यक तरीकाले संचारकर्मी र समाजको चौथो अंगको रुपमा रहेको संचार जगतकै अपमान र अनास्था हुने कुरा आफ्ना सामाजिक संजालहरुमा राखेर परिवेशलाई उत्तेजित नबनाई दिनु हुन पनि ईन्जा समाजका जिम्मेवार ब्यक्ति, ब्यक्तित्व र विशेषत: सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको ध्यानाकर्षण पनि गराउन चाहन्छ । मर्यादित पत्रकारिता (विशेषत: अनलाइन संचार) र मर्यादित समाजको निर्माणमा संचार र समाज दुवै एकैसाथ नलागि सम्भव नहुने भएकोले यतातिर सम्बन्धित सवैको ध्यान जान जरुरी ठान्दछौ । अन्तमा, यस संक्रमणबाट आफु सुरक्षित बनौ र आफ्ना परिवार लगायत छर छिमेकी समेतलाइ सुरक्षा प्रदान गरौ। धन्यवाद ! ईन्जा मुख्यालय मुख्य कार्यालय, भर्जिनिया

images
प्रकाशित मिति :चैत्र २९, २०७६ शनिवार - १८:१४:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend