Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जीवनमा ठुलो र अक्षम्य पाप गरिएछ -रामप्रसाद खनाल

जीवनमा ठुलो र अक्षम्य पाप गरिएछ -रामप्रसाद खनाल

नेप्लिज डायस्पोरा

१९, जेठ २०७७
images
जीवनमा ठुलो र अक्षम्य पाप गरिएछ -रामप्रसाद खनाल

पञ्चायतकामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, र राजतन्त्रका विरुद्ध अनेकौँ नारा लगाएर हिँडियो, बोलियो, लेखियो, गाइयो ।

हामीलाई नेता नामका महा अपराधीहरूले यसरी अन्धो बनाएकी हामीले राजा वीरेन्द्र, रानी ऐश्वर्य, पञ्चायत र राजतन्त्र नै देशका प्रमुख दुस्मन हुन भन्ने बाहेक अरू केही देखेनौँ, आँखा भएका अन्धा बन्यौँ ।

त्यो पञ्चायतका विरुद्ध लड्दा, मान्छे सङ्गठित गर्दा, नेता नामका अपराधीहरूलाई फलो गर्दा अन्धो बनेर हामी आफै छोटे नेता बनेर हजारौँलाई लह लहैमा लागेर राजा वीरेन्द्र, रानी ऐश्वर्य, पञ्चायतका र राजतन्त्र नै देशका प्रमुख दुस्मन हुन भनेर प्रशिक्षित गरियो, भड्काइयो तर यस्तो होला भनेर होइन अनजानमा भड्काइयो ।

२०४६ साल यताका हरेक हरेक सरकार, शासक, दल, नेता र यिनका चर्तिकला हेर्दा जीवनमा ठुलो र अक्षम्य पाप गरिएछ भन्ने महसुस भएको छ । मर्ने बेलामा, प्राण जाने बेलामा पनि घुटु घुटु भइरहँदा सम्म यो अनजानमा, नेता नामका महा अपराधीहरूलाई फलो गर्दा गरिएको पापको प्रायश्चित भइरहने भयो ।

अर्को जुनीमा पनि यो पापको सजाय भोग्नुपर्ने भयो मलाई थाहा छ । जिन्दगीमा जानेर बुझेर कुनै पाप गरिएको छैन, गरिने पनि छैन छाती खोलेर चुनौतीका साथ भन्छु तर माथि उल्लेखित अपराधका लागि म आम रूपमा, विशेष गरी स्वर्गीय राजा वीरेन्द्रको परिवारसँग, नेपाल आमासँग क्षमा याचना गर्दछु ।

- स्वर्गीय राजा वीरेन्द्रको परिवार प्रति हार्दिक श्रद्धा सुमन । * स्वर्गीय वीरेन्द्र सरकार ! सरकार त सपरिवार गैबक्स्यो तर सरकारको गमन पश्चात् हामी र नेपाल आमा सधैका लागि टुहुरा भयौँ । सरकारहरूको गमन पश्चात् हामी पश्चात्तापको डढेलोमा हरेक दिन डढी रहेका छौँ । सकिबक्सन्छ भने हाम्रो अनजानमा गरिएको विगतको गल्तीका लागि माफ गरिबक्स्योस ।

मेरो मात्र होइन सरकार म नेपाल आमाका सच्चा सपुतहरूको प्रतिनिधि पात्र बनेर मनको यो भाव व्यक्त गर्दैछु । म कुनै बादी होइन हुँ भने नेपालबादी हुँ, नेपाली माटो बादी हुँ । राजनीति बाट पूर्ण अलग र स्वतन्त्र नागरिक हुँ ।

प्रस्तुत भावना म र म जस्तै स्वतन्त्र नागरिक जसलाई नेपाल बाद मन पर्छ, नेपाली माटोको सुवास मन पर्छ उनिहरुको पनि प्रतिनिधि पात्र बनेर ब्यक्त गरिएको भावना हो । हामी बाँचुन्जेल सरकारहरूलाई सम्झिरहने छौँ ।

स्वर्गीय वीरेन्द्र सरकार सहित सपरिवार आफै अन्यायमा परेर भड्किरहेका आत्माहरुको चिर शान्तिको कामना ।

हाल: भर्जिनिया, अमेरिका खनालको फेसबुक पोष्टबाट

images
प्रकाशित मिति :जेठ १९, २०७७ सोमवार - १५:३३:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend