Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मालतीको लोकप्रियता(लघुकथा) -गोम बिक्रम

मालतीको लोकप्रियता(लघुकथा) -गोम बिक्रम

नेप्लिज डायस्पोरा

२७, जेठ २०७७
images
मालतीको लोकप्रियता(लघुकथा) -गोम बिक्रम

 

"सञ्चै छौ मालती ? के छ खबर ?"
"हजुर ! सब ठिक अनि....."
निकै समय मालतीले खुब रसिला कुरा गरी । उसलाई थुप्रैले यसरी फोनमा सम्झिन्छन् । शारीरिक रूपमा पनि सुकिला पोशाकमा चिटिक्क परेर हिँड्ने उसको बान्की निकै लोभ लाग्दो थियो । साथीहरू माझ पनि निकै सहयोगी, फरासिली र हलुका मानिन्थी ऊ ।

"बोली पनि ललिते, छ त्यो मालतीको भेट्दै मोहनी लाइसक्छे । काउले कस्ती ?"

त्यसैले जताततै उसका प्रशंसकहरू छरपष्टै छन् । सामाजिक काममा पनि उत्तिकै अग्रसर जता पनि घुल्ने, जे पनि गर्ने, जोसित पनि पुग्ने ।

"आफ्नो लोग्नेलाई यति मानितो गर्छे 'पति परमेश्वर' हुन्छ भन्ने कुरा उसैको पतिभक्तिबाट सहजै अनुमान लगाउँछु म । श्रीमानलाई केही गर्न पर्दैन ।"

"फेसबुकमा यस्ता राम्रा अनि आकर्षक सेल्फीहरू राख्छे मानौं कुनै खालकी मोडल, हिरोइन र सेलिब्रेटीभन्दा कम छैन । निकै समय भिडियो कल, च्याटिङ अनि लाइक, कमेन्ट गरेर आनन्द लिन्छु मैले ।"
गाउँका पाका बूढाबूढीहरू पनि उसको तारिफ गरेर थाक्दैनन् । हुनसम्मकी नमूना छे ऊ ।
"मलाई अप्ठेरो पर्दा तुरून्त ३ लाख निकालेर दिई । समस्या टरीहाल्यो । त्यसपछि उसित कति काम चलाएँ मैले ।" उसको गुन खाएकाले प्रशंसा थपिहाल्थे ।

"सर्वशक्ति सर्वगुण सम्पन्न छे भन्न मन लाग्छ मलाई त ।"

"समाजमा ऊ जत्तिको अग्रसर, सहयोगी र लोकप्रिय अहिलेसम्म कुनै महिलाहरू निस्कन सकेका छैनन् ।"

"जे भए नि ! उसलाई देखेपछि सबै किसिमका दु:खहरू भुलिन्छ । " अर्का एक जनाले थपे ।
उपस्थित सबैले एक एक गरी यस्तै गरी उसको तारिफ, व्यक्तित्व, लोकप्रियता, पहुँच अनि सर्वगुण सम्पन्नताको पेटभरी तारिफ गरेर थाकेनन् ।
अन्तमा
"अनि ?...."
"केही छ बाँकी ?" एक्कासी अर्कै वातावरणमा मोडिन पुग्यो कुरो ।
"छ ।" हिम्मत बटुलेर एक जनाले अगाडी सरेर भने -"यी सबै तारिफहरू म उसको श्रीमानका कोणबाट हेर्नु परेका भए .....के गर्थें के गर्थें !"
समाप्त

- कल्लाबारी, पाल्पा ।

 

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - ०१:३१:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend