Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनएले बालबालिकाहरूको लागि COVID-19 सम्बन्धी अन्तर्क्रिया गर्ने

एनआरएनएले बालबालिकाहरूको लागि COVID-19 सम्बन्धी अन्तर्क्रिया गर्ने

नेप्लिज डायस्पोरा

२७, जेठ २०७७
images
एनआरएनएले बालबालिकाहरूको लागि COVID-19 सम्बन्धी अन्तर्क्रिया गर्ने

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको स्वास्थ्य समितिले यही जुन 13 तारिख आईतवार बिहान 9:00 AM Eastern Time USA (नेपाली समय सॉझ 6:45 PM) बालबालिकाहरूको लागि COVID-19 सम्बन्धी अनलाईन अन्तरकृया कार्यक्रम आयोजना गर्दैछ। एनआरएनए आईसीसीको अफिसियल फेसबुक पेजबाट लाईभ प्रसारण हुने उक्त कार्यक्रममा अमेरीका, क्यानाडा, यूके, अस्ट्रिया, ईटली, नाईजेरीया, साउदी अरेविया, बहराईन, यूएई, साउथ कोरिया, चाईना र नेपालका ५ बर्ष देखि १२ बर्षका एक दर्जन भन्दा बढी बालबालिकाहरूले भाग लिनेछन्।

आजका बालबालिकाहरू नै भोलिका कर्णधार भएकोले हाल बिश्वभरी महामारीको रूपमा फैलिएको COVID-19 को बारेमा उनीहरूको राय बुझ्नेहेतुले संचालन हुन लागेको उक्त फेसबुक लाईभ वेभिनारको उद्घाटन एनआरएनए आईसीसी अध्यक्ष कुमार पन्तले गर्नुहुनेछ।

एनआरएनए आईसीसीको अमेरिकाज् क्षेत्रको युवा संयोजक बिमला सापकोटाले संयोजन गर्नु भएको उक्त कार्यक्रमलाई सफल बनाउन एनआरएनए एनसीसीका हेल्थ कमिटीका संयोजक डा. सन्जीव सापकोटा, उप-संयोजक सत्य नारायण चौधरी र आईसीसी सदस्य यस्मिन बेगम सयीदले सहयोग गरिराख्नु भएकोछ। बालबालिकाहरूलाई लक्षित गरी आयोजना गरिने उक्त कार्यक्रमको संचालन क्यानाडाका सभ्यता शर्मा (बर्ष १०) र एलिस कार्कीले (बर्ष १२) ले गर्नुहुनेछ।

कोरोना भाईरसको रोकथाम गर्नको लागि बालबालिकाहरूको महत्वपूर्ण स्थान हुने कुरा बताउनु हुने एनआरएनए आईसीसीका स्वास्थ्य कमिटीका संयोजक डा. संजीव सापकोटाले उक्त कार्यक्रममा बालबालिकाहरूले कोरोनाभाईरको बैज्ञानिक पक्ष, यसको रोकथाम, लक्षण र यसले पार्ने मनोबैज्ञानिक पक्षहरूको बारेमा खुलेर क्षलफल गर्ने कुरा बताउनु भयो।

भरखरै मात्र तैयारी सेसन गरेका ती बालबालिकाहरू कोभिड-१९ को बारेमा आफ्ना धारणाहरू राख्न अत्यन्त उत्साहित भएको कुरा सो कार्यक्रमका संयोजक बिमला सापकोटाले बताउनुभयो। सो कार्यक्रम हेरेर बिश्वभरी छरिएर रहेका बालिकाहरू लाभान्वित हुने आशा गरिएकोछ।

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - ०९:०४:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend