Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

क्वारेण्टिनमा भएको बलात्कारएनप्रति एनआरएनए महिला विभागद्वारा आपत्ति प्रकट

क्वारेण्टिनमा भएको बलात्कारएनप्रति एनआरएनए महिला विभागद्वारा आपत्ति प्रकट

नेप्लिज डायस्पोरा

४, आषाढ २०७७
images
क्वारेण्टिनमा भएको बलात्कारएनप्रति एनआरएनए महिला विभागद्वारा आपत्ति प्रकट

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला विभागको आकस्मिक बैठक बसि नेपालको कैलालीस्थित क्वारेण्टिन भित्रै भएको सामुहिक बलात्कारप्रति घोर आपत्ति प्रकट गरेको छ।

एनआरएनए आइसीसीको महिला विभागको जुन १७, २०२० मा बसेको आकस्मि बैठकले सो घटनाको भत्सर्ना गर्दै घोर आपत्ति प्रकटको निर्णय गरेको हो। संघको महिला संयोजक भोमा लिम्बुको अध्यक्षतामा बसेको बैठकमा संघका ६ वटैै क्षेत्रका क्षेत्रीय महिला संयोजकहरु उपस्थित थिए। बैठकका सहभागीहरुमा संघकी उपाध्यक्ष रवीना थापा, संघकी महिला संयोजक भोमादेवी लिम्बु, एसिया प्यासिफिक क्षेत्रीय संयोजक अमृता थापा, अमेरिकाज क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौैडेल, ओसआना क्षेत्रीय महिला संयोजक जानकी पौडेल हुनुहुन्थ्यो।

बैठकले कोरोेना भाइरस संक्रमणपछि जीवन र मरणको दोसाँधमा रहेको अवस्थामा पनि बलात्कार जस्तो घृणित कृयाकलापप्रति दु:ख ब्यक्त गर्दै घटनाको घोर भत्सर्ना गरेको छ। साथै दोषीहरुलाई आवश्यक छानवीन गरि कडा भन्दा कडा कारबाही र पीडितको स्वतन्त्रपुर्वक बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरियोस् भन्ने माग समेत गरेको छ।

रोगबाट बँच्न बनाइएको क्वारेण्टिनमा महिलामाथि भएको पशुजन्य ब्यवहार नेपाल सरकारका लागि पनि लज्जाको बिषय हो। सरकारले नै पहरेदारी गरेर राखेको क्वारेण्टिनमा पनि असुरक्षित महिला कहाँ सुरक्षित होलान् ? यस्ता घटनाहरुमा संवेदनशील बन्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग आग्रह छ।

आगामी दिनमा पनि यस्ता घटना दोहोरिन सक्ने अवस्थाको पुर्वानुमान गरी महिलाको लागि छुट्टै क्वारेण्टिनको ब्यवस्था गर्नुपर्ने अनिवार्य देखिएको छ। महिला क्वारेण्टिनको सुरक्षा र सेवाका लागि खटिने सुरक्षाकर्मी र सेवा प्रदायक पनि महिला नै हुनुपर्छ। सोही अनुसार ब्यवस्था मिलाउन नेपाल सरकारसँग एनआरएनए महिला विभाग जोडदार माग गर्दछ।

विदेशमा रहेका कठिन अवस्थाका महिला तथा बालबालिकाहरुको उद्धारमा अझै पनि सरकारको ध्यान केन्द्रित हुन सकेको छैन। खासगरी गर्भवती र सुत्केरी महिलाहरु तथा दुधे बालबालिकाहरु अहिले बढी समस्यामा परेका छन्। उनीहरुको सुरक्षित उद्धारका लागि नेपाल सरकार र मातहतका निकायसँग जोडदार माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ।

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

जुन १७, २०२०

 

मन परे मात्रै शेयर गर्नुहोला ! सुने मन परिहाल्छ !

 
 
 

 

 

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - ०४:४०:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend