Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए एनसीसी अमेरिकाको साधारण सभा आज, छलफल हुने बिषय पहिल्यै सार्बजनिक

एनआरएनए एनसीसी अमेरिकाको साधारण सभा आज, छलफल हुने बिषय पहिल्यै सार्बजनिक

नेप्लिज डायस्पोरा

२१, आषाढ २०७७
images
एनआरएनए एनसीसी अमेरिकाको साधारण सभा आज, छलफल हुने बिषय पहिल्यै सार्बजनिक

 

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको नवौं साधारण सभा आज हुदैछ । आज साधारण सदस्यहरुका लागि महत्वपूर्ण दिन हो। बिधानमा केहि संशोधनको प्रस्ताव गर्नका लागि पेश गरिने संयोजक बिआर लामाले बताउनु भएको छ।

अध्यक्ष सुनील साहले निर्वाचन अगाडीदेखि नै बिधानमा संशोधन गरेर अब कहिल्यै विवाद नआउने बाताबरणको सिर्जना गर्ने प्रतिबद्दता पनि गर्नु भएको थियो। त्यसैले आजको दिनलाई बिशेष महत्वका साथ हेरिएको छ।

आजको साधारण सभामा रजिष्ट्रेशन गरेका संस्थाका सदस्यहरु मात्र उपस्थित हुन् पाउने व्यवस्था छ। बिधान संसोधन प्रस्तावको अन्तिम मस्यौदा संयोजक लामाले केहिदिन अगाडी नै सामाजिक संजालमार्फत सार्बजनिक गरिसक्नु भएको छ।

"हामीले सबै कुरा पारदर्शी तरिकाले गर्दैछौं। आज केके कुरामा छलफल हुदैछ भन्ने कुरा सदस्यहरुलाई सार्बजनिक गराईसकेका छौं।" अध्यक्ष सुनील साहले बताउनुभयो। अध्यक्ष साहले भन्नुभयो, "आजको छलफलमा सबैलाई आफ्ना कुरा राख्न दिनेछौं र व्यापक छलफल हुनेछ भन्ने मैले विश्वास लिएको छु।"

सबैका गुनासाहरु बडो मेहेनतका साथ संकलन गरिएको बताउदै संयोजक लामाले संस्थाको बिधान अनुसार सबैको विचार सुनिनेछ र बिधान अनुसार नै पारित हुने वा नहुने कुरा निर्क्यौल हुने बताउनु भएको छ।

संयोजक बिआर लामाले सार्बजनिक गर्नु भएको बिधान संसोधन प्रस्ताव अन्तिम मस्यौदा यसप्रकार छ।


बिषय: बिधान संसोधन प्रस्ताव अन्तिम मस्यौदा बारे।

आदारणिय सदस्य ज्यूहरु,


उपरोक्त बिषयमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको नवौं बार्षिक साधारण सभामा निर्णायर्थ प्रस्तुत गरिने बिधान संसोधन प्रस्तावको अन्तिम मस्यौदा तयार भैसकेको व्यहोरा जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं। यहाँहरुको साथ, समर्थन र संस्था प्रतिको आगाद मायाकै कारण यो सम्भव भएको हो। हामीले बिधान संसोधन प्रस्ताव तयार गर्दै गर्दा, संस्थाका अग्रजहरु, पूर्व अध्यक्षहरु, अमेरिकाबाट बिर्वाचित हुनुभएका आईसीसीका अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पदाधिकारीहरु, अमेरिकाबाट आईसिसीमा प्रतिनिधित्व गर्नुहुने आईसिसि सदस्यहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न च्याप्टरका च्याप्टर अध्यक्ष तथा फोकल पर्सनहरु, र संस्थाका पूर्व बिधान कमिटिका चियरहरु संग भिन्न भिन्नै बैठक बसी घनिभूत छलफल गरेका थियौं। यसका अलावा हामीले हाम्रा सम्पुर्ण सदस्यहरुलाई इमेल मार्फत आफनो राय सुझावको लागि समेत मस्यौदा तयार हुनु अघि तिन पटक र मस्यौदा तयार भए पछि संस्थाको मौजुदा विधानको दफा "१६७" को "ए" र "बि" बमोजिम सदस्यहरुको टिप्पणीको लागि मस्यौदा संलग्न राखी एक पटक गरि जम्मा चार पटक इमेल मार्फत पत्राचार गरिसकेको व्यहोरा सबैमा बिदितै छ ।

संस्थालाई समयानुकुल परिष्कृत गरि सम्भव भए सम्म अझ बढी पारदर्शी र प्रजातान्त्रिक बनाईनु पर्दछ भन्ने अभिप्रायले नै हामीले बिगतमा भन्दा फरक र अग्रगामी प्रणालीलाई अख्तियार गरिएको व्यहोरा सहर्ष अवगत गरिन्छ। प्रथम पटक सदस्यहरुलाई बिधान मस्यौदा इमेल मार्फत प्रेषित गरि सकेपछि सदस्यहरुबाट प्राप्त आवस्यक टिप्पणी हरुलाई सम्बोधन गर्ने गरि पुन: केहि हेरफेर गरि मस्यौदालाई अन्तिम रुप दीइएको छ।
विधानको मस्यौदा तयार गरिंदा हामीले निम्न बुँदा हरुलाई बिशेष ध्यान दिएका छौं :
१ बिशेष गरि मुख्य बिषयहरुमा आईसिसिको बिधान संग नबाझिने गरि संसोधन गर्ने ।
२ संस्थालाई अझ बढी गतिशील बनाउन संस्थाको कार्यक्षमता अभिब्रिद्दी गर्ने। जसका लागि भार सन्तुलन (कार्यविभाजन) बिधिलाई अवलम्बन गरिएको।
३ लैंगिक सहभागितामा समानताको लागि महिला सहभागितामा जोड दिने (जसानुसार एक उपाध्यक्ष र एक सचिव महिला अनिवार्य गरिएको।)
४ संस्थालाई अझ बढी प्रजातान्त्रिक र पारदर्शी बनाउने (संस्थाको ५०० सदस्यहरुले आवस्यक ठानी बिशेष साधारण सभाको माग गरेमा यस्तो साधारण सभा बोलाउने माग प्राप्त भएको ४५ दिन भित्र अनिवार्य बिशेष साधारण सभा बोलाउनु पर्ने बाध्यात्मक ब्यवस्थाको प्रस्ताव गरिएको छ । मौजुदा बिधानमा बिशेष साधारण सभा बोलाउने वा नबोलाउने अधिकार कार्यसमितिमा निहित रहेको छ ।)
४ बहुसंख्यक सदस्यहरुको भावनाको कदर गर्ने। (सबैबाट उपलब्ध सुझाव हरुलाई सम्भव भए सम्म समेटिएको)
अन्तमा; हामीलाई प्राप्त रायसुझावहरु सम्बोधन गर्ने क्रममा बिबिध कारणले केहीलाई समेट्न सकिएको छैन यसकालागी हामी क्षमा प्रार्थी छौं। आगामी जुलाई ५ तारिख हुने गरिमामय साधारण सभाको बन्द सत्रमा यो मस्यौदा निर्णायर्थ प्रस्तुत गरिने छ। यसलाई पास गर्ने या फेल गर्ने भन्ने बिषय गरिमामय सभामा उपस्थित माननीय सदस्य ज्यूहरुमा नै निर्भर रहने छ। हामीले प्रस्तुत गरेको संसोधन प्रस्ताव संस्थाको हितमा रहेको छ वा छैन भन्ने निर्क्योल गरि आफ्नो मतको सहि सदुपयोग गरि संस्थालाई समयानुकुल परिमार्जन र परिष्कृत गर्न यहाँहरुको महत्वपुर्ण भूमिका रहेको हुँदा त्यसै अनुरुप गरिने छ भन्ने हामीलाई बिश्वास छ।
बिधान संसोधन प्रस्तावको अन्तिम मस्यौदाको लागि तलको लिंकमा क्लिक गर्नु होला:

लिंकमा क्लिक

भवदीय,
बाबु राम (बिआर) लामा
सभापति
बिधान कमिटि
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, अमेरिका

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १८:५६:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend