टेक्सस ।
रुपन्देही सेवा समाज, डलास, टेक्सस, अमेरिकाले भर्चुअल रुपमा तिज कार्यक्रम सम्पन्न गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था बीच समाजले भर्चुअल रुपमै भएपनि नाँच गान गरी तिज पर्व मनाएको हो ।
प्रमुख अतिथिको रुपमा नेपालवाट लोक तथा दोहोरी गायिका मन्जु पौडेललाई भर्चुअल रुपमा जोडेर समाजले मनाएको तीज कार्यक्रममा सुशीला न्यौपाने, राधिका खरेल, रमा भट्टराई, लता प्रधान, चम्पा भट्टराई, तारा देवी पोखरेल, रमेश पोखरेल, शिखा के सी, सुश्रीम आचार्य कृतिका गैरेले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
समाजकी सहकोषाध्यक्ष एवं कार्यक्रम संयोजक सरीता शर्माले सहजीकरण गरेको शनिवार सम्पन्न कार्यक्रममा तीज पर्वको सबैमा शुभकामना सहीत समाजका अध्यक्ष जगदीश न्यौपानेले कला, संस्कृतिको प्रबर्दन लागि समाज सदैव सक्रिय रहेको बताए ।