गजलकार डा. ऋषि बस्ताकोटीले आफ्नो गजल संग्रह 'स्पर्श'लाई युट्युबमा सार्बजनिक गरेका छन्। बस्ताकोटीले संगीत र स्वरबद्ध गरेका आफ्ना गजलहरुलाई यसरी सार्बजनिक गरेका हुन्।
उनका ६ वटा गजलहरु डिजिटल एल्बम 'स्पर्श' भित्र संग्रहित छन्। गैरे सुरेश र बसन्त खड्काको संगीत रहेका छन्।
"गैरे सुरेशले संगीत गरेका गजलहरु २०१४ मै रेकर्ड भएका हुन्। नेपालका बिभिन्न रेडियोहरुमा बजिरहेका छन्" बस्ताकोटीले नेप्लिज डायस्पोरासंग भने।
संगीतबद्ध गजल सुन्न तलको यु ट्युबमा क्लिक गर्नुहोस।