Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिसको शव फेला परेको प्रहरीको अनुमान

नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिसको शव फेला परेको प्रहरीको अनुमान

नेप्लिज डायस्पोरा

१५, भाद्र २०७७
images
नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिसको शव फेला परेको प्रहरीको अनुमान

तस्विर : FOREIGN & COMMONWEALTH OFFICE

 
लण्डन ।

नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको शव फेला परेको प्रहरीले अनुमान गरेको छ । बीबीसीका अनुसार गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले एक शव एलिस होल्ट जंगलमा फेला पारेको हो ।


प्रहरीले निधनलाई शंकास्पद मानेको छैन् । उक्त शवको सनाखत भइसकेको छैन् तर प्रहरीले पूर्व राजदूत परिवारलाई अवगत गराइसकेको छ । उनी उक्त जंगलमा दौडन रमाइलो मान्ने गरेको बताईएको छ। 


बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।

मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिश राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।


ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो । उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - २३:४८:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend