Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मनमा राँको बलेको छ (५ मुक्तकहरू) ✍ हिउँकला हाँसी खतिवडा

मनमा राँको बलेको छ (५ मुक्तकहरू) ✍ हिउँकला हाँसी खतिवडा

नेप्लिज डायस्पोरा

१६, भाद्र २०७७
images
मनमा राँको बलेको छ  (५ मुक्तकहरू) ✍ हिउँकला हाँसी खतिवडा


मुक्तक - १


धनीलाई हाँसो खुसी हामी गरिबलाई भार भएको छ
बर्षामास मजदुरी गर्दै चिन्ता अनि असार भएको छ
मानो छरेर मुरी उब्जाउने हाम्रो गाउँ र ठाउँहरुमा,
समयअनुसार कामको चटारोले मारामार भएको छ


मुक्तक - २
विदेशिएका सारा नेपालीहरू फर्किएर आउनु पर्यो
खोसिएका हकअधिकार सबैले फिर्ता पाउनु पर्यो
सानो ठूलो कोही छैन छत्तिस वर्णको फूलबारीमा,
हत्या हिंसा सबै त्यागी देशमा शान्ति छाउनु पर्यो ।


मुक्तक - ३
सोझा हामी नेपालीलाई छल्नुसम्म छलेको छ
मेरो देशको हाल सुन्दा यो मन साह्रै गलेको छ
विस्तारवादले हामीलाई अब छल्न पाउने छैनौं,
सिमानाको अत्याचारले मनमा राँको बलेको छ ।


मुक्तक - ४
हामीमाथि गर्नेलाई अत्याचार हार्दिक श्रद्धाञ्जली
विस्तारवादी छिमेकी सरकार हार्दिक श्रद्धाञ्जली
नेपाल आमाको चोली जलाउँदै हिँड्ने पापी कायर,
देशद्रोही पागल मुर्ख सरदार हार्दिक श्रद्धांजलि ।


मुक्तक - ५
नेपालमा रोजगार दिने जन्मेनन् नेताहरू
त्यही भएर यो मनमा बढेको झन् व्यथाहरू
व्यर्थै कतिसम्म शासन गर्छन् मनोमानी गरेर
देश छोडेर विदेश पस्न बाध्य छन् युवाहरू ।
- बौनिया - १ कट्टीपुर, कैलाली

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०३:३४:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend