शान्ति अर्याल अधिकारी, पोर्चुगल ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अनेसास पोर्चुगलले रचानात्मक कार्यक्रम गरी युवा कवि मोतीराम भट्टको १५४ औँ जन्म जयन्ती मनाएको छ ।
नयाँ प्रबिधि को प्रयोग गरी रोचक ढंगबाट कार्यक्रम भएको हो ।अनलाइन मार्फत गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष स्पन्दन बिनोदले युवा कवि मोतीराम भट्टले कलिलो उमेरमै नेपाली साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै ,कविलाई समर्पित रचनाहरु वाचन गर्नु भयो ।त्यस्तै संस्थाका उपाध्यक्ष सवी श्रेष्ठ, महासचिव अर्जुन बाराहाली, सह कोषाध्यक्ष बिधा आचार्य, सोम अनुराग बस्नेत, सल्लाहकार अर्जुन घिमिरे लगायतका श्रष्टाहरूले मोतीको सम्झना गर्दै आआफ्ना सिर्जनाहरू वाचन गर्नु भयो ।
गत भदौ ३ गते मोती जयन्तिको दिन नै कार्यक्रम गर्ने तय गरिरहेको संस्थाले राष्ट्रकवि माधब घिमिरे को निधनका कारण राष्ट्र कवि प्रति श्रद्धान्जली ब्यक्त गर्दै मोती जयन्ती कार्यक्रम स्थगित गरेको थियो ।
बि.स.१९२३ भदौ २५गते काठमाडौं मा जन्मिनु भएका मोती राम भट्ट को१९५३ सालमा ३०बर्षको कलिलो उमेरमा नै निधन भएको थियो ।
स्वदेशी लाउनु ,स्वदेशी खानु ,स्वदेशी बोल्नु, स्वदेशी हेर्नु भन्ने सपना बोकेका भट्ट नेपाली साहित्य जगतका होनहार प्रतिभा र साहित्य क्षेत्रका मेरूदण्ड मानिन्छन ।
३० बर्ष को कलिलो उमेरमा नै २ दर्जन भन्दा बढी कृतिहरू प्रकाशन गरी नेपाली साहित्यको ईतिहाँसमा आफुलाई अमर राख्न सफल कविको रूपमा उनलाई चिनिन्छ । सिर्जना संम्बाद तथा रचना बाचन कार्यक्रमको संचालन महासचिव अर्जुन बाराहालीले र अध्यक्षता स्पन्दन बिनोदले गर्नु भएको थियो ।