Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

रचना रिमाल र प्रविन बडुवालको नयाँ गीत सार्बजनिक हुदै

रचना रिमाल र प्रविन बडुवालको नयाँ गीत सार्बजनिक हुदै

नेप्लिज डायस्पोरा

१०, बैशाख २०७८
images
रचना रिमाल र प्रविन बडुवालको नयाँ गीत सार्बजनिक हुदै

रचना रिमाल र प्रविन बडुवालको नयाँ गीत केहीबेरमा सार्बजनिक हुदैछ। लोक गायक तथा शब्द संकलक कमल खनालको शब्द र संगीतमा उनीहरुको नयाँ गीत सार्बजनिक हुन् लागेको हो।

रिमा रेकर्डिंगबाट आएको गीतको म्युजिक भिडियोमा रचना र प्रविन नै रहेका छन्। मनोज खड्काले यो गीतको संगीत एरेन्ज गरेका हुन। उदिराम खड्काको निर्देशनमा यो गीतको म्युजिक भिडियो बनेको छ।

माया र प्रेममा परेका युवा र युवतीको प्रेमिल बार्तालाप यो गीतमा सुन्न सकिन्छ। रचना र प्रविन अहिले युट्युबमा अति नै मन पराईएका गायक गायिका हुन्। चर्चित लोक गायक कमल खनालले सार्बजनिक गरेको यो पहिलो आधुनिक गीत हो। खनालको एक महिना अघि मात्र 'रुमाल रुमाल जाले रुमाल' नामको दोहोरी गीत सार्बजनिक भएको थियो। अन्जु पन्त र खनालले गाएको उक्त गीत एक महिना मै लाखौं दर्शकले हेरिसकेका छन्।

खनालले आफ्नै युट्युब च्यानलबाट यो गीत सार्बजनिक हुनेछ।

images
प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - ०६:१७:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend