Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

सुनील साह एनआरएनए आइसीसीको उपाध्यक्षमा चुनाव लड्ने तयारीमा

सुनील साह एनआरएनए आइसीसीको उपाध्यक्षमा चुनाव लड्ने तयारीमा

नेप्लिज डायस्पोरा

८, श्रावण २०७८
images
सुनील  साह एनआरएनए आइसीसीको उपाध्यक्षमा चुनाव लड्ने तयारीमा

एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष सुनील साह आइसीसीको उपाध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ।

एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष साह एनआरएनए अभियानमा लामो समय बिताएका ब्यक्ति हुन्। एनआरएनए अमेरिकालाई चर्चामा ल्याउन र संस्थागत रुपमा अगाडी बढाउन साहले उल्लेख्य भूमिका निर्वाह गरेको धेरैको विश्वास रहेको छ।

आफ्नो कार्यकालभरी विवाद रहित तरीकाले दुई बर्ष संचालन गरेका साहले एनआरएनए अमेरिकालाई महिला, युवा, बिद्यार्थी, ब्यबसायीहरु र बौद्धिक जमातसम्म पुर्याउन उल्लेख्य भूमिका खेलेको भन्दै उनको मुक्त कण्ठले प्रशंशा हुने गरेको छ।

आईसिसिको अघिल्लो अधिबेशनमा अमेरिकाबाट गएका धेरै प्रतिनिधिहरुलाई आईसिसिका बिभिन्न पदहरुमा विजयी बनाउन महत्वपूर्ण भूमिका खेलेको जस पनि साहलाई जाने गरेको छ।

अमेरिकाको अध्यक्ष हुदा नै आइसिसिको महत्वपूर्ण भूमिकामा उठ्ने आंकलन सबैले गरेका थिए। साहले सचिव वा कोषाध्यक्षमा उमेद्वारी दिने अनुमान धेरैको थियो र अहिले पनि धेरिले त्यही विश्वास गरेका छन्। तर आईसिसिको माथिल्लो तहमा उनलाई उपाध्यक्षमा ल्याउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ।

यस बिषयमा नेप्लिज डायस्पोराले राखेको जिज्ञासामा साहले धेरै कुरा खुलाउन चाहेनन्। उनले यत्ति मात्र भने, "म आईसिसिको एउटा पदमा उठ्ने पक्का हो। यहि पद भनेर फिक्स गरेको छैन। म छलफल कै चरणमा छु।"

 

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - २२:२३:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend