सन्तोष श्रेष्ठ
ट्रेनक़ो गति जस्तो दौड़िनुपर्ने अमेरिकाको जीवन सधै उस्तै व्यस्त हुनेछ। सदा झै आफ़नो नियमित काममा थिए ।
बेलुकाको २२:१० बजेको थियो। कामको व्यस्तता बीच पनि फ़ोन उठाय किनकी त्यो बिष्णु दाइको थियो । नमस्ते दाई भने मैले उताबाट दाइले मलाई एकै सासमा "ल सन्तोष बधाई छ टिकट आयछ तपाइको" भन्नूभयो। सुनेर एकछिन त अचम्म परे। उहाले मजाक गर्नु भको रहेछ ।
टिकट त टिकट मैले ट्राफ़िक नियम उल्लंघन गरे बापत तिर्नु पर्ने पैसाको चिठी रहेछ । जसलाई यहाँ सामान्य भाषामा टिकट भन्ने चलन छ जुन यहाँ अमेरिकाको यातायत कार्यालयले पठाएको थियो । पछि दाइले ७५ डलरको टिकटको चिठी आको छ भन्नु भयो।
तेती भनेपछि मैले क़ुरा बुझे । मेरो हरेक चिठीहरू दाईकोमा नै आऊछ। अमेरिकामा घरीघरीको अपार्टमेंट परिबर्तन र हरेक पटकको ठेगाना परिवर्तनसगै तेसले पार्ने समस्याको कारण मैले दाइको स्थायी घरमा नै मेरो ठेगाना राखेको छु।
उहाँ दाई अत्यंत सहयोग़ी, मेरो अभिभावक, हरेक सुख दुखमा साथ दिनुहुन्छ । ऊहालाई यो लेख मार्फ़त पनी धेरै धेरै धन्यवाद भन्न चाहनछु। अमेरिकामा हुलाक सेवाको धेरै ठुलो महत्व छ। यहाँ सरकारका हरेक अंगलाई जनतासंग जोड़ने भरपर्दो संचार साधन भनेको नै हुलाक सेवा हो जसलाई अमेरिकामा यूनाइटेड पोस्टल सर्विस भनदछन ।
हाम्रो नेपालमा हामी हुलाक सेवालाई विस्थापन गर्न उद्धत छौ तर यहाँ अमेरिकामा भने दिन प्रतिदिन हुलाक सेवाको महत्व बढ्दै गको छ र सरकारले पनी अझै कसरी राम्रो सेवा प्रदान गर्न सकीनछ भनेर लागीपरेको छ।
चिठी खोलेर हेरे, चिठीको ब्याहोरा पढ़े। ऑगस्ट ७ तारीख़ को दिन तेरो यो यो ट्याग न (जसलाई हामी गाड़ी न भनछौ) को गाड़ी रातों संकेत बत्ती बलिरहेको अबस्थामा नरोकिकन बाटो पार गरेको हुदा एक महीना भित्र ७५ $ जरिवाना तिर्नु , अन्यथा नियम बमोज़िम कारबही हुनेछ भन्ने खालको थियो।
यहाँ अमेरिकामा नेपालमा जसतो ट्राफ़िक प्रहरीहरू नियम पालना गर्नु सड़क चोकमा उभिने गरदैनन, न त त्यो सम्भव नै छ। ट्राफ़िक व्यवस्थापन सबै प्रविधिमैत्री ट्राफ़िकफ लाइटबाट हुने गर्दछ।
सड़क को सबै चोक, स्कूलएरिया, रसड़क को प्रायः सबै भागमा क्यामेरा जडान गरेको हुंछ जसले २४ घण्टा नै निगरानी गरिरको हुंछ। ठाऊ ठाऊमा ओभर स्पीड क़यामेरा हुंछन।
यदि तोकियको सीमित गति भंदा बढी स्प्पीड़ लिमिट भयcamera ले फ़ोटों खिचछन र उक्त फ़ोटोको कपि समेत चिठी सम्बंधित व्यक्तिको घर पठाऊछन। यदि ओभर स्पीडको टिकट छ भने त्यो ४०$ तिर्नु पर्छ भने रातो बत्तीमा गाड़ीले बाटो काट्दाको अलि कड़ा ७५ डलर तिर्नु पर्दछ।
चिठी सम्बंधित व्यक्तिको घर ठेगाना मा पठाऊछन। हाम्रो देस नेपाल को राजधानी काठमाण्डू मा समेत एक दुई ठाऊ बाहेक अन्यत्र कही पनी ट्राफ़िक लाइट ले काम गर्दैनन, बर्षौदेखी बिग्रेर मर्मत को पर्खाईमा छन। देसमा अहीले चारवटा मेट्रोपोलितटन सिटी छन तर केवल नाम मात्रका। हुनुपर्ने भौतिक पूर्वाधार कही राम्रो छैन। न ढलको राम्रो व्यवस्था छ न नालाको।
महानगरका सड़क हरू वर्षाको समयमा जलमग्न हुनछन। अमेरीका यस्तो देस हो जहाँ राज्यले जनतालाई सेवा सुविधा दिन पनी जानेको छ र जनताबाट लीन (कर उठाऊँन) पनि जानेको छ।
लगभग ३२ करोड़ जनसंख्या भएको अमेरिकामा क़रीब २८ करोड़को हाराहारी (सरकारी तथ्यंक होईन, अनुमानित हो)मा सवारी साधनहरू छन र पनी प्रविधिको सहायताले अबिछिनन गुडिरहेका छन आफ़नो आफ़नो गतिमा ।
जरिवाना तिर्नुको लागी पनी सहज व्यवस्था छ यहाँ, यहाँ न घण्टौ लाइनमा उभिन पर्छ न त कुनै दलालको सहार लिन। घरमा बसीबसी अनलाइन मार्फ़त तिर्नु सकिनछ। यो भंदा अगाड़ी एक पटक ओभर स्पीड मा ४०$ को टिकट पायको तितो अनुभव पनी छ म संग ।
यसरी प्रविधि को भरपुर उपयोग गरेर सड़क अनुशासन क़ायम गर्न सफल भयको छ ।हामी जसतो यसो अगाड़ी, दाया बाया हेरयो, ट्राफ़िक प्रहरी छैन भने जसतो सुकै नियम पनी मिचन पछी नपरने बानी लागेको नेपाली लाई भने ठाऊ ठाउम भयका क्यामेरा हरू गलपासो सरि भयका छन।
(नेपाल सरकारका पूर्व प्रहरी अधिकृत हाल बॉल्टिमोर अमेरिकामा बस्नुहुन्छ। उहाँ समसामयिक बिसय बस्तुमा कलम चलाऊने गर्नुहुन्छ ।)