लामो समयदेखि एनआरएनए अभियानमा लागेका नारायण काफ्ले एनआरएनए आइसीसीको सचिव पदमा उठ्ने भएका छन्। काफ्लेले आफु निर्वाचनमा उठ्न लागेको कुरा केहिदिनदेखि सामाजिक संजाल मार्फत पनि सार्बजनिक गर्दै आएका छन्।
पाल्पाको रामपुर नगरपालिका पुर्ख्यौली घर भएका काफ्ले अष्ट्रेलियाको मेलबर्नमा करिब डेड दशकदेखि बस्दै आएका छन् । पेशाले बैकल्पिक ऊर्जा बिशेषज्ञ काफ्ले नेपालदेखि नै सामाजिक कार्यमा र परिबर्तनको पक्षमा वकालत गर्ने ब्यक्ति हुन्।
गैर-आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको निति तथा कार्यबिधि कार्यदल तथा हाल युवा स्वयमसेवी मार्फत नेपालको सेवा गराउने YV4N नामको समिति सह-अध्यक्षका रुपमा एनआरएनएमा प्रसस्त काम गरेका काफ्लेलाई एक अनुभवी र एनआरएनए बुझेको ब्यक्तिको रुपमा अधिकांश सदस्यहरुले काफ्लेलाई नजिकबाट चिनेका छन्।
काफ्ले हाल गैर-आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पदमा अष्ट्रेलियालाई प्रतिनिधित्व गर्दछन् ।
नेप्लिज डायस्पोराका सम्पादक सतिश चापागाईंसंगको टेलिफोन कलमा काफ्लेले भने, "मैले एनआरएनएको बिधानलाई शब्द शब्द केलाएर हेरेको छु। यसको मर्म मलाई थाहा छ। म यो संस्थालाई सदस्यको भावना अनुसार चलाउनुपर्छ भन्छु। त्यसैका लागि मेरो उम्मेदवारी हो।"