Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गरे नेपालमा के असम्भव छ र ? -सन्तोष श्रेष्ठ

गरे नेपालमा के असम्भव छ र ? -सन्तोष श्रेष्ठ

नेप्लिज डायस्पोरा

१९, आश्विन २०७८
images
गरे नेपालमा के असम्भव छ र ? -सन्तोष श्रेष्ठ

महान साहित्यकार विलीयम शेक्शपियरले भनेका थिए “” यदि वर्षा पनी निरन्तर पर्यो भने कड़ा भंदा कड़ा चट्टान नै किन नहोस एक दिन खिइनछ, भनाईको तात्पर्य यदि तपाई ईमानदार र दृढ़ संकल्प साथ कुनै काममा लाग्नु भयो भने अबशय तपाईले चाहेको सफलता पुरा हुन्छ।

काठमाण्डूको लामों बसाईमा धेरै अनुभव, भोगाई गरियो भोगियो। म पाटन शंखमूलमा बस्थे। मेरो डेरा नजिक एउटा सानो खाजा घर थियो जून खाजा घर स्यांगजा तीरको दाइले संचालन गर्नुहुंथ्यो।

हरेक दिन बिहान सामान्य मोर्निंग वॉक गर्नु, उक्त खाजाघरमा गएर दैनिक पत्रिका का न्यूज़ नियल्लनु, एक कप कालों चिया पिऊनु मेरो दैनिकि नै थियो।

नजिकै बस्ने अनी सधै तेही बाटो आऊजाऊ, सधै आऊने जानेले गर्दा उहाँ दाई र मेरो सम्बंध निकै सुमधुर थियो। म पनी देखने बितिकै दाई नमस्कार भनेर अभिवादन गरथे , ऊहाले पनी सन्तोष भाई भनेर धेरै माया गर्नु हुँथ्यो।

हामी बिचमा हरेक दुःख सुख का क़ुरा हरू शेयर हुंथ्यो। हरेक दिन बिहान ६ बजे नै पसल खोलनु र बेलुका नौ बजे बन्द गर्नु उहाको दैनिकि थियो। हरेक दिन ज़सो हामी समसामयिक , व्यावहारिक कुराकानी हुंथ्यो।कुरकानी कै बिच ऊहाले मलाई आफ़नो बिगतको संघर्ष को बारेमा पनी बताऊनु भको थियो।
उहाँ क़रीब १५/१६ वर्ष खाड़ी मुलुकमा पसीना साटेर दुख सुख गर्दँ आफ़नो परिवार पाल्ने, आफ़्ना बालबचाको पढ़ाई लेखाइ देखी घरमा आमा बुबा समेतको हेर बिचार गर्नु हुँथ्यो।

धेरै वर्ष खाड़ीमा पसीना बगाऊदा पनी भने जसतो खासै प्रगति हुन सकेको थियन। यसैबिच एकदिन उहाको परिवारमा सल्लाह भएछ,अब बिदेस पसीना बगाउनुको सट्टा आफ़नै देशमा केही गर्ने भन्ने अठोट साथ उहाँ बिदेस नजाने निर्णय गर्नु भयछ। बिदेस नजाने निर्णय त गर्नु भयो तर गर्ने के ? यसै क्रममा काठमाण्डूमा नै संघर्ष गर्ने भनेर काठमाण्डू आऊनु भयो, र एउटा सामान्य चिया नास्ता पसल सुरु गर्नु भएको रहेछ।

त्यही चिया नास्ता पसलको सीमित आमदानीले काठमाण्डू जस्तो महँगी ठाउमा पसलको भाड़ा, आफु बस्ने परिवारक़ो भाड़ा, खानपिन, तीन जना छोराछोरीको महँगो कलेज फ़ी, बाबु आमाको स्याहर सुसार सबै कुराको गर्जों तेही एउटा पसलक़ो आमदानीले टरेको छ। समयको क्रमसगै तीन चार वर्षपछी म अमेरिका आएँ । अमेरिका आए पनी उहाँ र मेरो बिच निरंतर मेसेंजरमा कुरकानी भै रहंनछ।

एकदिन ऊहाले ख़ुसी अनी सफलता को क़ुरा क़ुरा सुनाउनु भयो।उहाको माहिलो छोरीले विमान परिचारिका तालीम लियर पनी नेपालको एक प्रतिष्ठित विमान कम्पनीमा परिचारिकाको रूपमा काम गर्नु शुरू गर्नु भयको रहेछ। मैले यों सुनेर ऊहा दाईलाई हार्दिक बधाई दिए ।एऊटा बाबु जसले आफ़्ना सन्तानको भविष्यको लागी जस्तो सुकै संघर्ष त्याग गरेर पनी उनिहरुलाई सही दिशा र भविष्य पहिल्यौछ । सानो छोरा अहिले ब्याचलर लेवलमा पढ़दई छन भने जेठी छोरी मास्टर सक़ेर लोक सेवाबाट नाम निकालेर बिगत दुई वर्षदेखी केयुकेयलमा कार्यरत छिन ।

उहाले मलाई तीन महीना अगाड़ी काठमाण्डूको सुविधासम्पन्न ठाउमा घर निर्माणको अन्तिम चरण मा छ भन्नु भएको थियो र हिजो साँझ क़ुरा हुदा घर निर्माण सम्पन्न भयर पनी आफ़नै घरमा सरिसकनु भको रहेछ। हामी अहिले पनी आफ़नो देसमा केही गरदैनौ तर बिदेसमा जूनसुकै काम गर्नु पनी हामी तयार हुंनछौ। हामी सधै नेपालमा यो छैन, त्यो छैन, काम गर्ने वातावरण छैन भनेर दिनभर समय बर्बाद गरेको हुंनछौ। तर निरन्तर मिहिनेत गर्ने हो भने नेपालमा के असम्भव छ र ?
हाम्रो सोचमा परिवर्तन हुन ज़रूरी छ, हामीलाई चोकमा बसेर चिया बेच्न लाज लाग्छ, बिहान बिहान पत्रिका बोक़ेर घर घर इज्जत घटछ तर ५५ डिग्रिको घाममा काम गर्नु तयार हुन्छौं।
आख़िर निरन्तर मिहिनेत गर्यो भने त एऊटा सामान्य चिया नास्ता पसलबाट कसरी जीवन कायापलट हुदो रहेछ भन्ने उदाहरण त यी स्यंजाली दाईको प्रगति बाट बुझ्न सकिनछ। तेसैले कुनै पनी काम सानो ठुलो हुदैन, तपाइले कर्म गर्नु भयो र धैर्यता राख़्नु भयो भने अबश्य जिबनमा सफल हुनुहुंनछ।

अन्त्यमा उहाँ दाइको अझ बढ़ी प्रगति र सफलताको कामना गर्दछु। र विदेश जान्न भन्ने उहाँको अठोटलाई सलाम छ।

( नेपाल सरकारको पुर्व प्रहरी अधिकृत सन्तोष श्रेस्ठ हाल अमेरिकाक़ो बॉल्टिमोरमा बस्नुहुंछ। उहाँ समसामयिक बिषय बस्तुहरूमा कलम चलाउने गर्नुहुन्छ। -सम्पादक।)

 

"प्रधानमन्त्री भएंभने देशमा परिवर्तन गर्न सक्छु । मन्त्री र राष्ट्रपती त बन्दिन ।" -महावीर पुन

images
प्रकाशित मिति :आश्विन १९, २०७८ मंगलवार - १८:५३:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend