Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

विस्कन्सन च्याप्टरले ईम्प्लोईमेन्ट ट्याक्स सम्बन्धी कार्यक्रम गर्यो

विस्कन्सन च्याप्टरले ईम्प्लोईमेन्ट ट्याक्स सम्बन्धी कार्यक्रम गर्यो

नेप्लिज डायस्पोरा

२६, माघ २०७८
images
विस्कन्सन च्याप्टरले ईम्प्लोईमेन्ट ट्याक्स सम्बन्धी कार्यक्रम गर्यो

 


सरु शर्मा (अमेरिका)


गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिकाको विस्कन्सन च्याप्टरको आयोजनामा ईम्लोईमेन्ट ट्याक्स सम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ ।


एनआरएनए एनसिसि युएसएको सहभागिता विभिन्न १७ च्याप्टरहरु र स्थानिय संघसंस्थाहरको समन्वयन भएको उक्त जानकारी मुलक कार्यक्रम भर्चुवल रुपमा गरिएको थियो । उक्त कार्यक्रममा एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष बुद्दि सुवेदी , उपाध्यक्ष गोपेन्द्र भट्राई लगायत अन्य पदाधिकारीका साथै समन्वय गरेका राज्यका च्याप्टर अध्यक्ष तथा पदाधिकारी र एनआरएनए अभियान्ताहरुको बाक्लो सहभागिता रहेको थियो।

विस्कन्सन च्याप्टरका कोषाध्यक्ष पुर्ण श्रेष्ठको मुख्य प्रस्तुति रहेको उक्त कार्यक्रममा उहाले ईम्प्लोईमेन्ट ट्याक्सको बारेमा बिस्तृत जानकारी दिनुभएको थियो ।

उहाले ईम्पलोईमेन्ट ट्याक्स भनेको के हो ? कति शिर्षकमा ट्याक्स फाईल गरिन्छ ? , यस्को महत्व के छ ? अमेरिकाना यस्ले कस्तो फाईदा पुर्याउछ । कुन कुन र कस्तो अवस्थामा यस्को उपभोग गर्न सकिन्छ र क कस्ले कस्तो किसिमबाट फाईल गर्नु पर्छ भन्ने बारे जानकारीदिनु भएको थियो ।

उहाको जानकारी मुलक प्रस्तुति पस्चात फ्लोर लाई खुला गरी छलफलको कार्यक्रम गरीएको थियो भने उक्त छलफलमा सहभागीहरुले आफ्ना प्रश्न राख्दै जानकारी लिनु भएको थियो ।

विस्कन्सन च्याप्टरका अध्यक्ष दिपक थापाको सन्चालन तथा ओरिगन च्याप्टरका अध्यक्ष लक्ष्मण दर्लामिले सहजिकरण र एनसिसिका सचिव अनुप खनालले भर्चुअल कार्यक्रम गर्न सहयोग गर्नु भएको उक्त कार्यक्रममा बोल्दै एनआरएनए एनसिसि युएसए का अध्यक्ष सुबेदिले उक्त कार्यक्रमको सराहना गर्नु भएको थियो । उहाले स्थानिय संघसंस्था अनि च्याप्टरहरुको सहभागीतामा यसरी भएको कार्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने भएकोले यसरीनै सधै अघि बढ्न सुधाव दिनु भएको थियो ।

यस्तै एनसिसि युएसएका उपाध्यक्ष भट्राईले यस्ता समय सापेक्ष कार्यक्रम सबै जसो समयमा मिलाएर गर्न सके एनआरएनए ले धेरै कामहरु सजिलै गर्न सक्ने बताउनु भयो । यस्तै उपस्थित सबैले पनि आआफ्नो धारणा राख्नु भएको थियो ।

(नेप्लिज डायस्पोरा डटकम प्रवासमा रहेका नेपालीको कथा र व्यथामा आधारित अनलाइन हो । पसिना र सपना यसको मुख्य नारा हो । नुन किन्नदेखि नुन किन्ने बन्नसम्मका लागि हामी परदेशिएको ईतिहास हो । यही ईतिहासको गर्तमा टेकेर परदेशमा रहेर घरदेशको चिन्तासंगै परदेश मै आफ्नो जीवनचर्याका दैनिकी हाम्रा प्राथमिकता हुन् । तपाईसंग पनि केहि समाचार, विचार र रचनाहरु छन् भने [email protected]मा पठाउनु होला।)

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०६:१७:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend