Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिकाका क्रियाकलापमा अर्जुन बन्जाडेको असन्तुष्टि

एनआरएनए अमेरिकाका क्रियाकलापमा अर्जुन बन्जाडेको असन्तुष्टि

नेप्लिज डायस्पोरा

१९, फाल्गुण २०७८
images
एनआरएनए अमेरिकाका क्रियाकलापमा अर्जुन बन्जाडेको असन्तुष्टि
 
 
प्रेस रिलिज
 
न्यु योर्क घटना का सम्बन्धमा
 
गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी), अमेरिकाको गत फेब्रुअरी १९, २०२२ मा न्यु योर्क मा सम्पन्न भएको एक कार्यक्रम मा  एक अभियन्ताले वर्तमान कार्यसमिति का जिम्मेवार पदाधिकारीहरूलाई लक्षित गर्दै  जुलाई ४, २०२१  मा न्यु योर्क मा सम्पन्न एनसीसी को १० औँ अधिवेशन र सफद ग्रहण कार्यक्रम मा भएको अशोभनीय घटनामा आफूलाई प्रयोग गरिएको भनी बताएको विषय मा मेरो ध्यान आकृष्ट भएको छ । एनआरएनए, अमेरिका का २० हजार भन्दा बढी सदस्यहरू ले यस बारे जान्न पाउने अधिकार राख्दछन् र सही सूचना समयमै उपलब्ध गराउनु वर्तमान कार्यसमिति को नैतिक जिम्मेवारी हो भन्ने ठान्दछु ।  यदि उक्त अभियन्ताले न्यु योर्क मा सम्पन्न  कार्यक्रममा भनिएका अभिव्यक्तिहरू सही हुन भने जुलाई ४, २०२१ को उक्त कार्यक्रम मा कसले कसलाई कुन प्रयोजन को लागि प्रयोग गरिएको थियो भन्ने सत्य तथ्य बाहिर ल्याउनका लागि एनआरएनए एनसीसी, अमेरिकाको वर्तमान कार्यसमिति समक्ष अनुरोध गर्दछु।
 
कोषाध्यक्षको रिपोर्टका सम्बन्धमा
 
गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी), अमेरिकाको फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा जनवरी २९ तारिख २०२२ मा सम्पन्न हाइब्रिड बैठकमा कोषाध्यक्ष ले प्रस्तुत गरिएको विवरण मा मेरो ध्यान आकर्षित भएको छ।  वर्तमान कार्यसमिति लाई यो कार्यसमिति ले कुन दिन देखि कार्य सुरु गरेको हो, संस्थाको हिसाब किताब कुन मिति मा प्राप्त भएको थियो, विवरण बुझ्दा का समयमा आर्थिक स्थिति के कति थियो, र वर्तमान कार्यसमिति को कार्यकाल सुरु भएका दिन देखि अहिले सम्म नगद र अन्य आम्दानी कुन विषयमा कति भयो र खर्च कुन विषयमा कति भयो र आजका दिन सम्म बैङ्क ब्यालेन्स कति छ भन्ने विवरण विगतमा जस्तै सम्पूर्ण सदस्य हरूलाई उपलब्ध गराउन अनुरोध गर्दछु। स्मरण रहोस्, निवर्तमान कार्यसमितिले (२०१९-२०२१ कार्यसमिति) प्रत्येक महिना आम सदस्यहरूलाई जानकारी गराउँदै प्रत्येक तिन महिनामा आय व्यय विवरण अन्तर-राष्ट्रिय समन्वय परिषद् लाई पठाउने गरेको थियो । साथै, सम्पुर्ण आर्थिक प्रतिवेदन नवौँ र दशौँ अधिवेशन बाट पारित गरिएको थियो ।
 
सदस्यता दर्ता वा नवीकरण पुन सुरु गर्ने सम्बन्धमा
 
गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी), अमेरिकाको सदस्यता दर्ता गर्ने वा नवीकरण गर्ने कार्य गत वर्ष फेब्रुअरी १५, २०२१ देखि बन्द भएको अवस्था छ। मैले फेब्रुअरी १५, २०२२ मा फेसबुक मार्फत सदस्यता पुन सुचारु गर्न अनुरोध गरेको थिए।  साथै, फेब्रुअरी २३, २०२२ मा वर्तमान कार्यसमितिका अध्यक्ष लाई पत्र लेखि सदस्यता पुन सुचारु गर्न अनुरोध गरेको थिए जसको बोधार्थ वर्तमान प्रमुख संरक्षक सुनिल शाह, कार्यसमितिका सम्पूर्ण सदस्य हरू, सबै सल्लाहकार हरू, सबै च्याप्टर का अध्यक्ष हरूलाई पनि गराइएको थियो।  मेरो पत्र को जबाफ मा महासचिवले फेब्रुअरी २४, २०२२ मा पठाएको जबाफ मा सदस्यता प्रक्रिया पुन सुरु गर्ने कार्यको लागि संस्था को website vender सँग काम भई रहेको जनाउनु भएको थियो।  यो प्रक्रिया कहाँ पुगेको छ ? सदस्यता पुन दर्ता गर्ने वा नवीकरण खुल्ला गर्ने सम्बन्ध मा के भई रहेको छ भन्ने जानकारी सम्पूर्ण सदस्यलाई गराउनु हुन अनुरोध गर्दछु। साथै संस्थाको गरिमालाई अझ बढी मर्यादित र विश्वसनीय बनाउनका लागी सदस्यता दर्ता गर्दा Facial Recognition Technology को प्रयोग  अनिवार्य  गर्नु हुन अनुरोध गर्दछु ।
 
संस्थाको भवन निर्माण सम्बन्धमा
 
संस्थाको भवन निर्माण जस्तो महत्त्वपूर्ण र दूरगामी असर पर्ने विषय मा कार्यसमिति र साधारण सदस्यहरू माझ पनि घनिभूत छलफल हुनु पर्ने हो तर अहिले यस सम्बन्धमा वर्तमान कार्यसमिति मा पनि छलफल भई नसकेको सुन्न मा आएको छ।  वास्तविकताका के हो ? भवन खरिद वा निर्माण गर्दा यस सम्बन्धी अहिलेको कार्यसमिति ले अवलम्बन गरेको प्रक्रिया के हो ? सबै सदस्यहरू लाई अवगत गराउनु हुन गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको वर्तमान कार्यसमिति सँग यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछु  ।
 
मैले राखेका माथि उल्लेखित विषय र यस्ता अन्य थुप्रै विषयमा सम्पूर्ण सदस्य हरू लाई सूचित गर्ने काममा म आफ्नो तर्फबाट हुन सक्ने सबै प्रयास गर्ने जानकारी गराउँछु।  
 
जय एन आर एन ! जय नेपाली !!
डा. अर्जुन बन्जाडे 
पूर्व वरिष्ठ -उपाध्यक्ष (२०१९-२०२१)

214-680-2871

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - २०:२०:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend