Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएन अमेरिकाको अध्यक्ष सीपी पौडेल, सुनील साह प्रमूख संरक्षक

एनआरएन अमेरिकाको अध्यक्ष सीपी पौडेल, सुनील साह प्रमूख संरक्षक

नेप्लिज डायस्पोरा

२२, आषाढ २०७९
images
एनआरएन अमेरिकाको अध्यक्ष सीपी पौडेल, सुनील साह प्रमूख संरक्षक


टेक्सास,अमेरिका। एनआरएन अमेरिकाको अध्यक्षमा सीपी पौडेल चयन भएका छन्।

जुलाई ३ र ४ तारिख टेक्सासको डाल्लासमा भएको एनआरएन सदस्यहरुको भेलाले पौडेललाई अध्यक्ष चयन गरेको हो। पौडेल यस पहिले कार्यवाहक अध्यक्ष थिए।


यसैगरी भेलाले एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहेका आइसीसीका कोषाध्यक्ष सुनील साहलाई संघको प्रमूख संरक्षकमा चयन गरेको छ। यसैगरी संघको रिक्त एक संरक्षकमा कृष्ण लामिछानेलाई चयन गरिएको छ।

अध्यक्ष सीपी पौडेलले दिएको जानकारी अनुसार, संघको राष्ट्रीय समितिको संरक्षकहरुमा यस पहिले नै डाक्टर अर्जुन बन्जाडे, तिलक केसी र शिव राईलाई चयन गरिएको छ। लामिछाने, बन्जाडे र केसी एनसीसी अमेरिकाको गत वर्ष सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए भने राई पूर्व अध्यक्ष हुन्।


अध्यक्ष चयन गरेपछि बसेको पहिलो बैठकले आइसीसीले तोकेको मापदण्ड अनुसार एनआरएन एनसीसी अमेरिकाको सदस्यता वितरण गर्ने र कार्य समितिको रिक्त पदाधिकारी र सदस्य पदपूर्ति गर्ने निर्णय गरेको छ। पदपूर्तिका लागि अध्यक्ष पौडेललाई जिम्मेवारी दिइएको छ।

डाल्लास भेलामा एनआरएन अमेरिकाको गत निर्वाचनका अध्यक्ष पदका चार प्रत्यासी मध्ये तीन जना कृष्ण लामिछाने,डाक्टर अजुन बन्जाडे र तिलक केसीसहित एनआरएन अमेरिकाका विभिन्न जिम्मेवारीमा रहेका सदस्यहरु सहभागी थिए।

यसैगरी दुई दिने भेलामा एनआरएन आइसीसीका सचिव शंकर खड्का,कोषाध्यक्ष सुनील साह,सह कोषाध्यक्ष यमुना भट्टराई,अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक प्रकाश सापकोटा, क्षेत्रीय उप संयोजक पुरुषोत्तम बोहोरा र पशुपति पाण्डे समेत सहभागी थिए।

आइसीसीका सहभागी पदाधिकारीहरुले अब अमेरिकामा अर्को एनसीसी नरहेको बताएका थिए। भेलाको उद्घाटन प्रमूख अतिथि पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले गरेका थिए।


यसैबीच अध्यक्ष पौडेलले आफुहरु सबैसंग परामर्श गरेर अघि बढ्ने भन्दै एनआरएनलाई शुद्धीकरण गर्ने अभियानमा साथ दिने सबैलाई अपील समेत गरेका छन्।

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०२:४०:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend