Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थद्वारा संस्थामा आएको विचलनप्रति दु:ख ब्यक्त

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थद्वारा संस्थामा आएको विचलनप्रति दु:ख ब्यक्त

नेप्लिज डायस्पोरा

२२, आषाढ २०७९
images
एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थद्वारा संस्थामा आएको विचलनप्रति दु:ख ब्यक्त

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीविपन्थ ले संस्थामा आएको विचलनप्रति दु:ख ब्यक्त गरेका छन्। गैरआवाशीय नेपाली संघ अमेरिकाको एकता सम्मेलन सकिएसंगै बरिष्ठ उपाध्यक्ष पन्थले दु:ख ब्यक्त गरेका हुन्। शुरुमा गौरी जोशी र बद्री केसीको पक्षधर मानिएका पन्थ अहिले दुवै पक्षसंग समान दुरीमा रहेका छन्।

पन्थको पछिल्लो अभिव्यक्तिले बुद्धि सुबेदीको नेतृत्वमा रहेको एनआरएनए अमेरिकालाई धक्का पुग्ने अड्कल काटिएको छ।

एनआरएनए आइसीसीमा भएको विभाजन र तिन अध्यक्ष भएपछि अमेरिकामा पनि विभाजन प्रष्ट देखिएको छ।

एकताको साधारण सभा भनिएपनि असन्तुष्ट पक्षका कोही पनि सहभागी भएनन। साथै अमेरिकाका आधाभन्दा बढि एनआरएनए अभियन्ताहरु सम्मेलनमा आउन मानेनन । 

आईसीसीका महासचिव गौरी जोशी, कोषाध्यक्ष सूनील साह लगायतका महत्वपूर्ण पदाधिकारीहरु पनि उक्त कार्यक्रममा सहभागी भएनन । 

संस्था सेवामूखी नभएर चुनावमूखी भएका कारण गुट उपगुट मात्र बनेको पन्थको दाबि छ । 

 

बरिष्ठ उपाध्यक्ष पन्थले आफ्नो फेसबुकमा लेखेका छन्:

 

गैरआवाशीय नेपाली संघको अभियान सेवामुखी की चुनावमुखी ???


गैरआवाशीय नेपाली संघ, अमेरिकाको हालै नर्थ क्यारोलिनामा सम्पन्न साधरण सभा तथा बिज्ञ सम्मेलनमा एनआरएनए अभियन्ता कृण्ण लामीछाने, अर्जुन बन्जाडे, बीआर लामा, सुर्य लम्साल , उमा कार्की, बन्दना कोईराला लगायत कार्यसमितिका साथीहरु एबं सल्लाहकार ज्युहरु, च्याप्टर अध्यक्षहरु , टास्क फोर्सका संयोजकहरु लगायत संस्थाका साधरण सदस्य तथा आजीवन सदस्यहरुको अनुपस्थितिले गम्भिर प्रश्न खडा गरेको छ । यद्दपी यस सम्मेलनले आईसिसि र एनसिसि अमेरिका बिच सम्बन्धन सम्झौता पत्रमा (MOU) हस्ताक्षर , एमआईएस प्रकृयाबाट सदस्यता बन्ने , जुलाईको पहिलो सप्ताहन्तमा गरिने साधरण सभाको मिती परिबर्तन लगायत केहि उल्लेखनीय परिबर्तनहरु गरिएका छन्। हिजो एनआरएनए अभियानमा योगदान गरेका साथीहरुलाई सभा हलमा नदेख्दा मन खिन्न भयो, त्यती उत्साह छाएन। गैरआवाशीय नेपाली संघको यस महान अभियान चरम गुटगत,राजनैतिक एबं चुनावमुखी हुनु दु:खद पक्ष हो । हालै नेपालमा सम्पन्न आईसिसिको निर्वाचनले संसारभरी रहेका नेपालीहरु बिभाजित भएका छन्। यसको सबैभन्दा नकारात्मक असर एनसिसि अमेरिकामा परेको छ । प्रवासमा हामीले नेपाली समाज जोड्दैछौ कि तोड्दैछौ ?? यस अभियानमा आम साधरण तथा आजीवन सदस्यहरु समेट्न नसकिएकोले हामीबाट कमीकमजोरी भएकै हो । मेरो तर्फबाट मेरो भागमा पर्ने जिम्मेवारी लिन तयार छु, साथै क्षमा प्रार्थी पनी छु ।असहमती बिचमा सहमतीको बिकल्प छैन । संस्था रहे पो पदमा आसिन हुला , मान सम्मान प्राप्त होला संस्थानै नरहे …..??? गैरआवाशीय नेपाली संघको अभियानमा आज हामी गम्भिर मोडमा उभिएका छौ । संस्थाको अस्तित्व माथी संकट खडा भएको छ । हामीले ईमान्दारिताका साथ गम्भिर समिक्षा गर्नुपर्ने देखिन्छ ।बिगतमा हामी कहां चुक्यौ ??? अबको एनआरएनए कस्तो बनाउने ??? जस्ता बिषयहरुको उठान सहित तपाईहरुबाट सकारात्मक सल्लाह सुझावको अपेक्षा राखेको छु । जय एनआरएन
कृण्ण जीबी पन्थ
बरिष्ठ उपाध्यक्ष
गैरआवाशीय नेपाली संघ, अमेरिका

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १०:१६:०० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend