Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए यूकेले सदस्यता शुल्क नतिरेपछि सम्बन्धन विवाद

एनआरएनए यूकेले सदस्यता शुल्क नतिरेपछि सम्बन्धन विवाद

नेप्लिज डायस्पोरा

२९, आषाढ २०७९
images
एनआरएनए यूकेले सदस्यता शुल्क नतिरेपछि सम्बन्धन विवाद
एनआरएनए यूकेले सदस्यता शुल्क नतिरेपछि सम्बन्धन विवाद भएको बताईएको छ । 
यस बिषयमा एनआरएनए युकेका महासचिव खुशी लिम्बुद्वारा जारी विज्ञप्ति: 
 
प्रेस विज्ञप्ति
 
गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहा मगरले संघको सदस्यता शुल्क केन्द्रमा नबुझाएपछि संस्थाको सम्बन्धन खारेजीको प्रकृयामा रहेको सर्वविदित नै छ । एनआरएनए, अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को विधानअनुरुप राष्ट्रिय समन्वय परिषद (एनसीसी) यूकेले संघबाट लिनु पर्ने सम्बन्धन प्रकृयामा अध्यक्ष प्रेम गाहा मगरले आजसम्म पनि बाधा–व्यवधान र अप्ठ्याराहरु सृजना गरेकोले एनआरएनए यूके हाल अवैधानिक एनसीसीको रुपमा सञ्चालन भइरहेको यहाँहरुलाई जानकारी गराइन्छ ।
 
एनआरएनए यूकेले केन्द्रमा तिर्नु पर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गैर–आवासीय नेपाली संघको पदाधिकारीको बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्वमा एक उच्चस्तरीय छानवीन समिति गठन गरिसकेको छ । यस अवस्थामा अध्यक्ष गाहा मगर हाल निलम्बनको अवस्थामा रहेको जानकारी गराइन्छ । अतः बेलायतस्थित नेपाली समुदायलाई एनआरएनए यूकेको अध्यक्षको हैसियतमा प्रेम गाहा गाहा मगरलाई कुनै पनि कार्यक्रममा अतिथिको रुपमा बोलाउने, चन्दा लिने र चन्दा दिने कार्य तुरुन्तै वन्द गर्न गराउन विनम्र अनुरोध गरिन्छ । यस विषयमा विस्तृत जानकारी दिने उद्देश्यले आगामी जुलाई २५ को दिन एक जानकारी सभाको आयोजना गर्न लागेको जानकारी गराइन्छ ।
 
अन्तमा, प्रेम गाहा मगरले एनआरएनए यूकेको विधानमाथि बलात् आक्रमण गर्दै आफूखुशी प्रमुख संरक्षक तोक्ने, आफूखुशी सल्लाहकारहरु तोक्ने, आफूखुशी रातारात महाधिवेशन प्रतिनिधिहरु तोक्ने र नामावली प्रकाशन नगर्ने, नेपालमा बाढीपहिरोपीडितहरुको राहतका लागि भन्दै एनआरएनए यूकेको कोषबाट कोषाध्यक्षलाई धम्क्याउँदै जबरजस्ती आफूखुशी १० लाख रुपैयाँ नेपाल पठाउने र त्यसको पूर्ति नगर्ने, आफूखुशी को–अप सदस्यहरु मनोनित गर्ने र आफ्नो गलत एजेण्डालाई समर्थन गरेन भनेर फेरि आफूखुशी निस्कासन गर्ने, आफूसित प्रश्न गर्ने वा विमति राख्नेस पत्रकारहरुलाई झुठो आरोप लाउँदै अनावश्यक मुद्दा हाल्ने, एनआरएनए यूकेको कुनै पनि कार्यक्रममा आफ्ना मुट्ठीभरका समर्थकहरुलाई मात्र निमन्त्रणा गरेर संघका अग्रजहरुलगायत बाँकी ९० प्रतिशतलाई पाखा पार्ने, कोषाध्यक्षलाई बैठकले निर्णय गरेवाहेकको शिर्षकमा खर्च गर्न दवाव दिने र कोषाध्यक्षले अस्वीकार गर्दा फोन, टेक्स्ट र मसेञ्जरहरुबाट रातदिन सताउने, आफ्नो एजेण्डा पास गराउनलाई कार्यसमितिभित्रै विभिन्न गुट उपगुटहरु बनाएर कसैलाई एक्ल्याउन खोज्ने र हालै आएर विधानलाई मिच्दै महासचिव, कोषाध्यक्ष जस्ता समितिका महत्वपूर्ण पदाधिकारीहरुको सहमति नलिई बैठक तोक्ने र उक्त बैठक सार्न प्रस्ताव गर्दा महासचिवको विरुद्दमा मिडियाबाजी गर्ने जस्ता अवैधानिक, अनैतिक र असामाजिक कार्य गरिरहेकोले छानवीन समितिले निर्णय नलिएसम्मका लागि निज प्रेम गाहा मगर एनआरएनए यूकेको अध्यक्ष नरहेको औपचारिक जानकारी गराइन्छ ।
 
077471E3-EBC9-4F6E-A8C0-DB2856784AD0_4_5005_c.jpeg
श्री खुशी लिम्बू
महासचिव
१२ जुलाई २०२२

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - १०:११:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend