Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

नेप्लिज डायस्पोरा

३१, आषाढ २०७९
images
अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार (जुलाई १५) का लागि अमेरिकी डलर एकको खरिददर १ सय २७ रूपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २८ रूपैयाँ ११ पैसा तोकेको छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै उच्च हो।

क्यानडियन डलर एकको खरिददर ९७ रूपैयाँ १३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५९ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा तोकिएको छ।

त्यसैगरी, युरो एकको खरिददर १२७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ३१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

 

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - १३:५२:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend