एनआरएनए महासचिव डाक्टर केशव पौडेलले गैर आवाशिय नेपालीलाई नेपाली नागरिकताको निरन्तरताको सुनिश्चित हुने विधेयक संसदबाट पारित गरेकोमा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका छन ।
पौडेलले लामो समयदेखिको प्रतिक्षाले सफलताको रुप लिएको पनि बताएका छन ।
आफ्नो फेसबुक टाईमलाईनमा उनले यो प्रतिक्रिया सार्बजनिक गरेका हुन ।
पौडेल लेख्छन :
हामी समस्त गैर आवासीय नेपालीहरूले लामो समय देखि प्रतिक्षा गरिररहेको नेपाली नागरिकताको निरन्तरताको पहिलो सफलता स्वरूप गैर आवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको छ ।
संघ स्थापना भए देखिनैं हामीले उठाउँदैं आईएको गैर आवासीय नेपाली नागरिकताको मागलाई सम्बोधन गर्ने गरी गैर आवासीय नेपाली नागरिकता सहीतको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ नेपालको प्रतिनिधिसभाको आज बसेको बैठकले पारित गरेको छ।
अब आउँदो साता उक्त विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गर्ने विश्वास सहीत त्यस बिधेयक छिट्टै महामहिम सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण हुने हाम्रो विश्वास रहेको छ। त्यस पछि गैरआवासीय नेपाली नागरिकता प्राप्तीको बाटो खुल्ने छ। प्रतिनिधि सभाबाट उक्त विधेयक पारित गर्ने सभामुख सहीत सम्पूर्ण सांसदज्यूहरु, सम्माननीय प्रधानमन्त्री ज्यू, बिभागिय मन्त्री माननीय गृह मंत्रीज्यू, कानून मंत्रीज्यू, राजनीतिक दलका नेता ज्यूहरु, कानूनविद्, मिडिया लगायत संघका अग्रज ज्यूहरू, संघको वर्तमान नेतृत्व, एनआरएन अभियन्ताहरू लगाएत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।
सम्पूर्ण एनआरएनहरुलाई हार्दिक बधाई छ । यो संसारभरी रहेका हामी नेपालीहरु र हाम्रा सन्ततीलाई मातृभूमि नेपालसँग जोड्नका लागि कोसेढुंगा साबित हुने बिश्वास रहेको छ ।
भवदीय,
डा. केशव पौडेल
महासचिव
गैरआवासीय नेपाली संघ , अन्तर्राष्ट्रिय समन्वय परिषद