Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिका बस्दै आएका भोजपुरीया साहित्यकार सुवासकुमार बैठालाई बारामा भव्य स्वागत सम्मान

अमेरिका बस्दै आएका भोजपुरीया साहित्यकार सुवासकुमार बैठालाई बारामा भव्य स्वागत सम्मान

नेप्लिज डायस्पोरा

१०, श्रावण २०७९
images
अमेरिका बस्दै आएका भोजपुरीया साहित्यकार सुवासकुमार बैठालाई बारामा भव्य स्वागत सम्मान

अजय यादव वियोगी 

कलैया ,बारा ।

बाराको पचरौता नगरपालिका -५ "बेलदारी घर भएका र अमेरिका बस्दै अाएका भोजपुरीया साहित्यकार सुवासकुमार बैठालाई नेपाल भोजपुरी प्रतिष्ठान बारा शाखाले भव्यरुपले स्वागत तथा सम्मान गरे " 

सोचे के पूरा हुदैन? हुने बिरुवाको चिल्लो पात हो यस्तै बाराबाट काठमाडौं सम्मको यात्रामा धेरै बाधा अवरोध खाएर पनि नाम कमाए ।तर भाग्यमा जे छ ,त्यो कसैले टारेर टर्न सक्दैन ।भविष्यमा कसलाई समयले कहाँ लिएर जान्छ कसैलाई थाहा हुदैन । बाराको पचरौता नगरपालिका वडा नम्बर -५ निवासी सुवासकुमार बैठाको जीवनमा  अाएका यी कुराहरू हुन ।जसले गाउँमा पढदा खेल्दा अमेरिका कस्तो होला भन्ने कल्पना गरिरहेका थिए ।

ती कल्पना र सपना पूरा भएको छ ,केही बर्षदेखि अमेरिका बस्दै अाईरहेका छन् ।अमेरिकामा बसेपनि नेपालमै बसेको सारा दुनियाँले नै अाभास गर्ने गरेका छन् य।सुबासकुमार बैठा जो आफु मात्र नभई साहित्यलाई कसरी बचाई राख्ने निरन्तररुपले कलम चलाई रहेका छन्  ।काठमाडौंमा पढदा होस् अथवा अहिले अमेरिका बस्दा होस् अाफ्ना मातृभाषा भोजपुरी प्रतिको लगाव कम भएको छैन।काम गरेर थकान लागेका बेला पनि भोजपुरी भाषाकै सपना गुन्ने ती सखस जसलाई आज आफ्नै गृह जिल्ला बारामा भव्य स्वागत तथा सम्मानित भएका छन् ।

नेपाल भोजपुरी प्रतिष्ठान बारा शाखाले अमेरिका बसेर पनि आफ्नो मातृभाषाको लागि निरन्तररुपले कलम चलाएको सुबासकुमार बैठालाई भव्यरुपले स्वागत तथा सम्मान गरेका छन् ।

नेपाल भोजपुरी प्रतिष्ठान बारा शाखाको अायोजनामा भएको स्वागत तथा सम्मान कार्यक्रमको अध्यक्ष्ाता नेपाल भोजपुरी प्रतिष्ठान बारा शाखाका अध्यक्ष एवम् बाराका पुराना चर्चित साहित्यकार रामप्रसाद साहले गर्नुभएको थियो ।

बाराका साहित्यकारले देशमै नभई विदेशमा समेत भोजपुरी भाषाको मान ,सम्मान बढाएको भन्दै अमेरिकाबाट हालै अाएका साहित्यकार सुवासकुमार बैठालाई बाराको सदरमुकाम कलैयामा भव्य स्वागत तथा सम्मान गरिएको हो ।

बाराको १६ पालिकामध्ये सदरमुकाम देखि टाढाको  पालिकाको रुपमा चिनिएको पचरौता नगरपालिका निवासी साहित्यकार बैठाको उच्च मुल्यांकन गर्दे प्रतिष्ठानले स्वागत तथा सम्मान गरेका छन् ।भोजपुरी भाषाका लागि रेडियो नेपालदेखि लिएर गोरखापत्र दैनिकसम्म निरन्तररुपमा काम गरिसकेका अनुभवी भोजपुरी साहित्यकार सुबासकुमार बैठा बाराकै शान भएकोले वहाँलाई अाफ्नै नगरीमा स्वागत गरिएको नेपाल भोजपुरी प्रतिष्ठान बारा शाखाले जनाएको छ ।

युवा अवस्थामा धेरैले पैसा कमाए होला तर बैठा जीले जुन योगदान भोजपुरी साहित्यमा दिएका छन् ,त्यो अतुलनीय नै छ ,त्यसको झन् मुल्यांकन हुनु जरुरी रहेको नेपाल भोजपुरी प्रतिष्ठान बारा शाखाका अध्यक्ष एवम् बाराका पुरान चर्चित साहित्यकार राम प्रसाद साहले बताउनुभयो ।

हामीले चाहेजति गर्न सकेनौं तत्काल कार्यक्रम गरिएकोले धेरै साहित्यकार ,पत्रकार ,बुद्धिजीवी ,समाजसेवी ,भोजपुरी भाषाका पारखीलाई बोलाउन नसकिएको भएपनि युवा भोजपुरीया साहित्यकार बैठा जीको हामी बारामा भव्य स्वागत तथा सम्मान गरेको यो नै सबैभन्दा ठूलो उपलब्धि रहेको प्रतिष्ठानका अध्यक्ष रामप्रसाद साहले बताउनुभयो ।

नेपाल तथा भारतको अधिकाँश ठाउँबाट कृति प्रकाशन गराईसकेका,बाराबाट भोजपुरीया माटी तीन माहिक पत्रिका निकालेका साहित्यकार साहले यसमा दु:ख भएपनि नाम अमर  रहने गरेको बताउनुभयो ।अाज लक्ष्मीप्रसाद देवकोटा ,भानुभक्त अाचार्य ,भिखारी ठाकुर ,शेक्सपिएर जस्ता साहित्यकार यो दुनियाँमा नभएपनि वहाँहरुको नाम अमर रहन गएका छन् ।ठिक अाजको पिंढीले पनि साहित्य बचाएर राख्यो भने भोजपुरी  भाषाको शान नै रहला भन्ने विश्वास लिएको समेत प्रतिष्ठान शाखा अध्यक्ष साहले बताउनुभयो ।

अमेरिकाको पेन्सिलभेनिया राज्यमा बस्दै अाएका तथा फ्लेबोटोमिस्ट डायलाईसिस प्राविधिकको रुपमा Paoli Hospital मा काम गर्दै अाएका सुवासकुमार बैठाले अाफ्नै गृह जिल्ला बारामा यति धेरै माया स्नेह पाउन भनेको जनता प्रति ,अाफ्ना समाज प्रति उदार भावना राखेको प्रष्ट भएको कलैया ब्राईट लैण्ड बोडिड्ग स्कुलका संस्थापक ,नेपाल भोजपुरी प्रतिष्ठान शाखासँग अाबद्द ,समाजसेवी रामअधारी प्रसाद यादवले बताउनुभयो ।युवाहरुको मनोभावना बढाउनु जरुरी रहेको समेत वहाँले बताउनुभयो।

बाराको साहित्यकारले बारा मात्र नभएर अहिले विश्वको नाम चलेको देश अमेरिकामा बर्सेनि छठ मनाउनु ,साथी भाईसँग भेटदा भोजपुरी भाषामा कुरा गर्नु अाफै साहित्य बचाएको र साहित्यका अनुरागी ,भोजपुरी भाषाका लागि विगत देखि नै काम गर्दै अाएका लगनशील ,मेहनती तथा उदारवादी स्वाभावका साहित्यकार सुवासकुमार बैठालाई अाफ्नै ठाउँमा स्वागत तथा सम्मान गर्न पाउँदा आफू धेरै नै हर्षित भएको बाराका साहित्यकार सुरेश मोदकले बताउनुभयो।

नेपाल भोजपुरी प्रतिष्ठान बारा शाखाका अधिकाँश सदस्यहरुको उपस्थिति रहेको थियो ।स्वागत तथा सम्मान कार्यक्रममा बाराका सञ्चारकर्मी ,बुद्धिजीवी ,समाजसेवी तथा नागरिक समाजका व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो ।

भोजपुरीया साहित्यकार सुवासकुमार बैठालाई फुल माला लगाई भोजपुरी समाजका शान गामछा अोढाई सम्मान गरिएको हो ।अहिले सम्म भोजपुरी साहित्यकारको नामले चिनिएको व्यक्ति सुवासकुमार बैठा मधेश अान्दोलन हुँदा बाराबाट सहादत भएका हिफाजत मियाँका परिवारलाई नगद ५०,०००/ पचास हजार पठाएको र कलैयाको भरत चौकमा नै हस्तान्तरण गरिएको ती क्षणले अहिले ताजै रहेकोले वहाँ सच्चा समाजसेवी समेत भएको वक्ताहरुले बताएका छन् ।

आफ्नै गृह जिल्लामा सम्मानित हुन पाउँदा धेरै खुशी लागेको साहित्यकार सुवासकुमार बैठाले बताउनुभयो ।अाफ्नो समाजको लागि सधैं काम गरिने समेत वहाँले बताउनुभयो ।

श्रोत: गढीमाई राष्ट्रिय दैनिक

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ०७:२९:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend