Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

लिम्बुमाथि अनुसन्धान शुरु, उनका अभिव्यक्तिमा भ्रम नगर्न एनआरएनए यूकेको अनुरोध

लिम्बुमाथि अनुसन्धान शुरु, उनका अभिव्यक्तिमा भ्रम नगर्न एनआरएनए यूकेको अनुरोध

नेप्लिज डायस्पोरा

१५, श्रावण २०७९
images
लिम्बुमाथि अनुसन्धान शुरु, उनका अभिव्यक्तिमा भ्रम नगर्न एनआरएनए यूकेको अनुरोध
 
 
लन्डन ।
 
गैर आवासीय नेपाली संघ बेलायतका महासचिव खुशी लिम्बुले संघको विधि विधान र मर्यादा विपरित कार्य गरेका सम्बन्धमा छानविन शुरु भएको छ ।
 
छानविन समितिका संयोजक संघका सल्लाहकार तथा काउन्सिलर नेम थापाले विभिन्न प्रश्नसहित लिम्बुलाई तीनदिनभित्र जवाफ दिन पत्राचार गरेको श्रोतले बताएको छ ।
 
गत आइतबार सम्पन्न संघको बैठकले लिम्बुमाथि लागेका आरोपबारे छानविन गर्न थापाको संयोजकत्वमा संघका सल्लाहकारद्धय सारदा गुरुङ्ग तथा मन्दिप केसी सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।
 
उक्त समितिले आउंदो ६ अगष्टमा हुन लागेको संघको साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्नेछ ।
 
यसअघि संघले तीनपटक स्पष्टीकरण सोधेपनि खुशीले जवाफ दिएका छैनन् ।
 
यसैबीच, एनआरएनए यूकेले लिम्बु हाल निलम्बित अवस्थामा संघको कुनै पनि जिम्मेवारीमा नरहेको जनाउंदै उनका अभिव्यक्ति आधिकारिक नहुने स्पष्ट पारेको छ ।
 
लिम्बुले कतिपय प्लेटफार्ममा साधारणसभाबारे अनर्गल प्रचार प्रसार गरेको सुनिन आएको जनाउंदै अध्यक्ष प्रेम गाहामगरले ति सबै भ्रमपूर्ण र असत्य रहेका जनाएका छन् ।
 

अध्यक्ष गाहामगरले उनका भनाइ वेवास्ता गर्न आग्रह गर्दै ६ अगष्टको साधारणसभामा सहभागी भइदिन सबै पञ्जीकृत सदस्यहरुमा अपिल गरेका छन् ।

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - ०७:२३:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend