सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व "गौरा" अमेरिकाको मेरिल्याण्ड राज्यमा भव्यरुपमा मनाईएको छ। सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिकी सांस्कृतिक केन्द्रको सहआयोजनमा यो वर्ष गौरा पर्व सम्पन्न भएको हो।
गौरा पर्वलाई सुदुरपश्चिमको विशेष सांस्कृतिक पर्वको रुपमा मनाउने गरिन्छ ।
गौरा पर्वको विशेषता तथा महत्वका बारेमा साहित्यकार तिर्थ पाण्डेयले कार्यपत्र पेश गर्नु भएको थियो । पाण्डेय नेपाली लोक साहित्यका क्षेत्रमा समाजमा चलेका कथनहरुभन्दा अलि फरक मान्यता राखने सस्कृति बिस्लेकक हुन ।

गौरा पर्ब लामो समयदेखि समाजमा मनाउदै आएपनि यो पर्ब भित्रको सत्यता यसको महिमा महिलाहरुको आदर सम्मान तथा जातिय भेदभावको खारेजी जस्ता विशेषताहरुको बुलन्द आवाज आफ्नो कार्यपत्र मा उठान गरेको र यदि कसैलाई थप जानकारी चाहियामा सहयोग गर्न तयार रहेको बताउछन । कार्यपत्रको प्रिन्ट पर्तिलिपि पनि बितरण गरिएको थियो ।
मेरिल्याण्ड, भर्जिनिया तथा न्युयोर्क राज्यमा बसोबास गर्ने सुदुरपश्चिमेलीहरु तथा मेरिल्याण्डका विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
लोक गायक तथा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतको प्रमुख आतिथ्य तथा डेली गेट भण्डारी, एनआरएन एनसिसि अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, वरिष्ट उपाध्यक्ष कृष्णजिवि पन्त, उपाध्यक्ष डिलु पराजुली, हिन्दु बुद्ध मन्दिरका संरक्षक डा. श्याम कार्की, बानाका अध्यक्ष सुवोध विलास पन्त लगायत अन्य विशिष्ट अतिथिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम सुदुरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमन विक्रम शाहले अध्यक्षता गर्नु भएको थियो ।

सुप्रसिध्द डेउडा गायक शंकर सिंह बिष्ट तथा नेपाल सांगितिक प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं डेउडा गायिका चाँदनी मल्ल पनि सहभागी थिए । सुदुर पश्चिम मुल घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका बुद्धिजीवि, कलाकार, समाजसेबीहरु ठुलो संख्यामा उपस्थित थिए !
गौरा माताको प्रतिमा प्रदर्शन तथा पूजाआजा गरि गौरा माताको स्वागत तथा अन्त्यमा विदाइ समेत गरिएको थियो ।