Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नेस्को र नेप्सा नर्वेद्वारा आयोजित दशैं कप फुटबल प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

नेस्को र नेप्सा नर्वेद्वारा आयोजित दशैं कप फुटबल प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

नेप्लिज डायस्पोरा

२७, भाद्र २०७९
images
नेस्को र नेप्सा नर्वेद्वारा आयोजित दशैं कप फुटबल प्रतियोगिता सम्पन्न (तस्बिर सहित)


दर्पण तिमिल्सिना
ओस्लो, नर्वे

नेपाली बिद्यार्थी समाज ओस्लो (नेस्को) नर्वे र नेपाली समाज ओस (नेप्सा) नर्वेको संयुक्त रुपमा आयोजित दसैं कप ८ - A साइट फुटबल प्रतियोगिता सम्पन्न भएको छ। आइतबार भएको फाइनल खेलमा योङ्ग ब्वायज टिमले नेपाली पोर्चुगीज समाज ओस्लो (नेपोस) लाई २-१ को गोल अन्तर ले हराउदै उपाधी हात पारेको छ। प्रतियोगितामा प्रथम भएको योङ्ग ब्वायजले ट्रफी, मेडल सहित नगद ६००० क्रोनरले प्राप्त गरेको छ भने उप बिजेता नेपोसले ट्रफी, मेडल र नगद ३००० क्रोनर प्राप्त गरेको छ।

प्रतियोगितामा नर्वेमा क्रियाशील ८ ओटा नेपाली संघसस्थाहरुको सहभागिता रहेको थियो। जस मध्ये प्रवासी नेपाली मंच, नेपाली जनसम्पर्क समिति,एनआरएनए, नेपोस, नेस्को, नेप्सा, योङ्ग ड्याड्स क्लव, योङ्ग ब्वायज समूह रहेका थिए। प्रतियोगितामा योङ्ग ब्वायजका खेलाडी सर्वाधिक ११ गोलकर्ता कपिल शर्मा, बेस्ट प्लेयर तारा ढुंगेल, बेस्ट गोल किपर बिकाश बाँनियालाई मेडल सहित नगद पुरस्कारले पुरस्कृत गरिएको थियो। साथै प्रतियोगितामा जेएसएस नर्वेलाई फेयर प्ले अवार्ड प्रदान गरिएको थियो।

पुरस्कार वितरण समारोहको औपचारिक कार्यक्रम नेस्को नर्वेका अध्यक्ष भुवन पौडेल र नेप्सा नर्वेका अध्यक्ष सचिन ढकालको संयुक्त सभापतित्व तथा एनआरएनए नर्वेका संस्थापक अध्यक्ष कुमार पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बिषेस अतिथिहरु गैर आवासीय संघ नर्वेका अध्यक्ष जीवन शाही, एनआरएनए युरोप युवा संयोजक किरण गुरुङ्ग को उपस्तिथी रहेको थियो।

त्यसैगरी अतिथिहरु एनआरएनए नर्वे उपाध्यक्ष राजन अधिकारी, नेपोस अध्यक्ष नारायण सिंह थापा, ओएनएफ अध्यक्ष मनोज अधिकारी, नेपोस नर्वेका सचिव इश्वरी प्रसाद खनाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बिजयी खेलाडी र टिमलाई ट्रफी, मेडल तथा नगद पुरस्कार वितरण गर्नु भएको थियो। एनआरएनए नर्वेका उपाध्यक्ष राजन अधिकारीले यस्ता प्रतियोगिताले सामाजिक सद्भाव र भाइचारालाई प्रोत्साहान गर्ने भएकोले आयोजक संस्थाहरुलाई धन्यबाद स्वरुप मायाको चिनो उपहार दिनुभएको थियो।

प्रतियोगिता ओस्लोको स्पोर्टस प्लासेनको २ वटा खेल मैदानको भएको थियो। समापन कार्यक्रमको संचालन नेप्सा नर्वेका पुर्व अध्यक्ष असिम लम्सालले गर्नुभएको थियो भने नेपाली खानाको समेत ब्यबस्था गरिएको उक्त कार्यक्रममा करिब २०० बढी नेपालीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

5F47F306-D964-46F7-AC7C-07AFF3D02DD0.jpeg

 

4DC9A7E0-D345-442A-A076-DA209A3D3BF3.jpeg

A1D03431-DB74-40F4-9F03-61CE212EE6E6.jpeg

 

6BD3944D-EE88-4077-889E-293593AB1A9D.jpeg

 

1DD91654-3549-4A46-8CDB-1433137CDB9C.jpeg

 

5E1FE8F7-E410-46F4-8F18-377BACE7676A.jpeg

 

A11C1343-2B53-472B-B401-D898249E5763.jpeg

F2BE859C-1F3B-4E40-9C94-4C0F096275F6.jpeg

 

CF2D2AFE-184B-4184-B013-238533A6A94F.jpeg

 

B3D362B8-DB8A-4C46-923F-BA4734CE4950.jpeg

images
प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - १६:५७:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend