Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

लघुकथा: रंग -नारायण कोइराला

लघुकथा: रंग -नारायण कोइराला

नेप्लिज डायस्पोरा

३, मंसिर २०७९
images
लघुकथा: रंग -नारायण कोइराला

होटल भित्र पस्ने बित्तिकै माधुरीले खानाको परिकार बताइन्।

"रातो, सेतो, हरियो, पहेंलो, आकासी कुन दिऊँ?"

"जुन राम्रो र फ्रेस छ, त्यो दिनु!" म खिस्स हाँस्दै भने।


माधुरीले झड्किदै भनिन् -"हिसाब दिनुपर्छ क्या, रंग बताउनु।"

म पनि कड्किदै भने, "हिसाबको पैसा मैले दिन्छु तिमीलाई के चिन्ता?"


माधुरीले नजिकै आएर कानमा खुसुक्क भनिन्, "यो होटल त चुनावको लागि पार्टीहरुले आरक्षित गरेका छन् । पैसा पर्दैन रंग भन्नुपर्यो।"

म जिब्रो टोक्दै बाहिर निस्किए। धत्!!

तानसेन,पाल्पा
०३/०८/२०७९

 

सतीश चापागाईको कविता 'हामीले भोट हाल्यौं'

images
प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - १८:१६:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend