एनआरएनए अमेरिकाको नयां सदस्यता र रिन्युको लागि छिटै सूचना जारी गरिने जानकारी उपाध्यक्ष डिलु पराजुलीले दिएका छन् । नेप्लिज डायस्पोरासंगको कुराकानीमा पराजुलीले उक्त जानकारी दिएका हुन् ।
एनआरएनए अमेरिकाले नोभेम्बर मै मेम्बरशीप ड्राईभ गर्नुपर्नेमा अहिलेसम्म गरेको छैन । मेम्बरशीप ड्राईभ नगरेको भन्दै एनआरएनएलाई माया गर्नेहरुले आवाज उठाउदै आएका छन् ।
मेम्बरशीप ड्राईभमा भएको ढिलाईका बारेमा नेप्लिज डायस्पोराले गरेको प्रश्नमा एनआरएनए अमेरिकाका उपाध्यक्ष पराजुलीले आफु पनि अति नै चिन्तित भएको र यस बिषयमा कार्य समितिमा पटक पटक कुरा चलाएको बताए ।
हामी अति नै चिन्तित छौं ।" उनले भने ।
मेम्बरशीप खुलाएर एउटा बिशष अभियान चलाउने र अमेरिकामा पहिलाभन्दा धेरै सदस्यबनाउने आफ्नो उद्देश्य रहेको पनि उपाध्यक्ष पराजुलीले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए ।
एनआरएनए अमेरिकाभित्र अहिले मेम्बरशीप ड्राईभ कमिटीको संयोजक को बन्ने भन्ने बिषयमा चर्को तानातान रहेको रसोही कारण ड्राईभ अभियानका काम अगाडी बढ्न नसकेको अड्कल पनि गरिएको छ । तर पराजुलीले यो अड्कलमासत्यता नभएको स्पष्ट पारे ।
पराजुलीले भने “हामीबिचका विवाद त सजिलै समाधान गर्थ्यौं तर नयां एमआईएस प्रणालीमा सदस्यता बनाउने भन्नेबिषयले ढिलाई भएको हो ।”
“एमआईएस सिष्टमबाट सदस्यता बनाउने तयारी भईरहेको छ । आईसिसिको नियम र एनसिसिको नियम मिलाएरएमआईएसको सिष्टममा सदस्यता बन्ने प्रक्रियामा सिष्टम मै केहि समस्या देखिएकोले हामी अझै कम्फर्टेबल महशुशगरेका छैनौं ।” पराजुलीले भने ।
पराजुलीले थपे, “हाम्रो मुख्य कन्सर्न सदस्यहरुको डेटाको सेक्युरिटीको हो । हामी कम्फर्टेबल हुनेबित्तिकै सदस्यताखुलाउने छौं । र त्यो छिट्टै गर्नेछौं ।”