अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मेरिल्याण्ड च्याप्टरको आईतवार सम्पन्न भेलाले नायिका तथा कवयित्री पूजा चन्दको अध्यक्षमा नयाँ कार्यसमिति गठन गरेको छ । उक्त नवगठित समितिमा देहाय वमोजिमका व्यक्तित्वहरु रहनु भएको छ ।
समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोईराला, कोषाध्यक्षमा सन्दीप कोईराला र सदस्यहरुमा मोज शाही, भावना विष्ट, भिम विक्रम शाही रहनु भएको छ ।
नवनिर्वाचित कार्यसमितिले ६ जनालाई सल्लाहकार समितिमा चयन गरेको छ । जसमा डा.श्याम कार्की, तीर्थ पाण्डेय, गौतम दाहाल, अर्जुन हमाल, डा. उत्तम गौली र पारस श्रेष्ठ हुनुहुन्छ ।