Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

रामचन्द्र पौडेलले कांग्रेसबाट राजीनामा दिए

रामचन्द्र पौडेलले कांग्रेसबाट राजीनामा दिए

नेप्लिज डायस्पोरा

२८, फाल्गुण २०७९
images
रामचन्द्र पौडेलले कांग्रेसबाट राजीनामा दिए

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेलको राजीनामा स्वीकृत भएको छ। बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार कांग्रेसबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जारी विज्ञप्तिमा भनिएको छ,  ‘नेपाली कांग्रेसका नेता, केन्द्रीय कार्यसमितिका सदस्य श्री रामचन्द्र पौडेल २०७९ फाल्गुण२५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनु भएपछि नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग हुनुभएको छ। उहाँले आज दिनुभएको राजीनामा सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागु हुने गरी स्वीकृत गर्नु भएकोछ।’

सभापति देउवाले कांग्रेसमा लामो समयसम्म आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा पौडेलले पुर्‍याएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गरेका छन्। देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाईसंविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वास व्यक्त गरे। उनले पौडेलको कार्यकालसदैब स्मरणीय रहनेछ भन्ने विश्वासका व्यक्त गर्दै शुभकामना दिएका छन्।

नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्। राष्ट्रपतिमानिर्वाचित भएपछि पार्टी सदस्य रहन नमिल्ने कानुनी व्यवस्था छ। गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेलतनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। 

images
प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - १८:५९:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend