Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

लिंकन र नेपाली भाषा कक्षाका नानिहरु: लक्ष्मण ज्ञवाली

लिंकन र नेपाली भाषा कक्षाका नानिहरु: लक्ष्मण ज्ञवाली

नेप्लिज डायस्पोरा

१५, जेठ २०८०
images
लिंकन र नेपाली भाषा कक्षाका नानिहरु: लक्ष्मण ज्ञवाली

 

 

अब्राहम लिंकनले आफ्नो छोरा  स्कूल जाँदाको पहिलो दिन छोराले पढ़ने स्कूलको प्रध्यानाध्यापकलाई  लगभग एकपेजको एउटा चिट्ठी लेखेका थिए शिक्षा,आचरण अनुशासन, कला साहित्य, प्रेम, बिज्ञान आदि संक्षिप्तमा सबै क्षेत्रसमेटिएको सयौ बर्ष अगाडि लेखेको यो चिट्ठी विद्यार्थी, शिक्षक, प्रशासक , नेता सर्बसाधारण सबैलाई अहिले पनित्यत्तिकै महत्वपूर्ण  सान्दर्भिक देखिन्छ

 

त्यस चिट्ठीमा उनले भनेका थिएकिताब पढ्नु पढाउनु आफैमा असाधारण कुरा हो मेरो छोरालाई किताब पढाउनु हुन्छनै त्यो किताब बाहेक अर्को  प्रकृतिको किताब (nature of book) पनि पढ़ने वातावरण मिलाई दिनु होला

 

उसलाई आकाशमा उडिरहेका चराहरु, घमाइलो  पाहाडको पाखा पखेरामा फुलेका झुलेका फुलहरु ति फुलकोओरिपरी झुम्मिएका भुनभुनाई रहेका मधुमक्खिहरु, भ्रमराहरु मौरीहरुको शास्वत रहस्यलाई बुझ्न दिनु होला

 

बिहानै हरियाली पाहाड माथि पर्ने सुनौला सुर्यको किरणको रहस्यको बारेमा सोच्ने मौका जरुर दिनु होला

 

यि सबै प्राकृतिको किताबको रहस्यलाई देखाईरहदा उसलाई कुनै डिक्टेट नगर्नु होला बरु उसलाई आफ्नै आईडियाजमाएकीन गर्न अवसर दिनु होला

 

परिश्रम गरी कमाएको एक रुपैया सित्तैमा पाएको पाँच रुपैया भन्दा बढि मुल्यवान हुन्छ भन्ने कुरा संझाई दिनु होला

 

चिट चोरेर पास हुनुभन्दा फेल हुनु उत्तम हुन्छ यसले अझ बढि इमान्दार बन्ने पाठ सिकाउछ भन्ने कुरा सुझाई दिनु होला

 

उसलाई राम्रो मान्छे संग बिनम्र ख़राब वा कडा मान्छे संग त्यसतै कडा रहन सिकाउनु होला ( Teach him to be gentle to the gentle people and tough with the tough.)आदि आदि

 

यसरी समष्टिमा उनले आफ्नो छोरालाई कडा परिश्रम, पैसा ,साहास , ईमानदारी, प्रेम,बिश्वास आदि कुराहरुको मुल्यमान्यतामा ध्यान दिनुका साथै पढ़ने किताब प्रकृतिको किताब दुबैमा उत्तिकै बिचार पुर्याएर पढाउन प्रध्यानाध्यापक लाईसुझाएका थिए

 

मलाई त्यति बेला अब्राहम लिंकनले लेखेको यो चिट्ठीको संझना आयो जतिबेला हिन्दू-बुद्ध मन्दिर परिसरमा नेपाली भाषाकक्षा पढिरहेका नानीहरुलाई कृषि संबंधी फर्म यसको उत्पादनको महत्वको बारेमा प्रत्यक्ष ब्यबहारिक शिक्षा दिनेअभिप्रायले मन्दिर ब्यबस्थापन पक्षबाट मन्दिर बाहिरको खुला ठाँउमा प्रकृतिको किताब पनि पढाउने सक्रियता देखाईयो 

 

प्राविधिज्ञहरुको रेखदेखमा फिट चौडाई फिट लंबाई भएका करीब ५० वटा   बेडहरु तयार भै सकेका छन

-आफ्नो बेडमा माटो भर्ने मल बिउ हाल्ने आदि कामहरु नानिहरुले निकै उत्साहका साथ सबै संगको सहयोगमा     कामसुरु गरि सकेका छन

अमेरिकी कृषि बिज्ञ एवं कृषि क्षेत्र कै प्राध्यापक  समेतको प्रत्येक्ष सल्लाह सुझावमा बिशेष गरेर समिति का माहासचीबतरुण पौडेलजीले यसको अगुवाई गरिरहनु भएको

 

पौडेलजीको भनाई अनुसार प्रत्येक बेडहरुमा आफुले लगाएको तरकारिहरुको बोटानिकल नाम, अंग्रेज़ी नाम नेपाली नामसमेत उल्लेख गरेर प्रष्ट संग देखिने गरी डिस्प्ले गर्नु पर्ने

 

यस बाहेक त्यहाँ गाडिएका प्रत्येक पिलरहरुमा तयारी अबस्थामा रहेका चराका गुँडहरु राखिने छन जस बाट नानिहरुलेआकाशमा उडने चराहरुको गुँडमा हुने एक्टिभिटि पनि थाहा पाउने छन

 

यसप्रकार नेपाली भाषा सिक्ने नानिहरुले आफ्नो घरको किचनमा हुने संपूर्ण तरकारिहरु के कस्तो ठाँउमा कसरी फल्नेरहेछ , त्यस्तो बोट बिरुवाको प्रकृति कस्तो हुने रहेछ आदि सबै कुराहरु स्वयं आफै अनुभव गर्ने छन अरुलाई बताउनसमेत सक्षम हुनेछन पछि आफ्नो घरपरिसरमा आफै लगाउन उत्साहित हुने छन

 

अन्तमा, आशा गरौ यहाँ पनि अब्राहम लिंकनले भने जस्तै हाम्रा नानिहरु पनि बहुआयामिक ,सृजनशील प्रतिभावानहुनुको साथै हाम्रो कला धर्म संस्कृति संरक्षण गर्दै  भबिष्यमा पनि निरन्तरता दिदै जानेछन साथै प्रध्यानाध्यापककोभूमिका मन्दिर ब्यबस्थापन समिति शिक्षक शिक्षिका हरुले खेल्ने छन यस्तै प्रशंसनीय कार्यहरुले निरन्तरता पाउदैजानेछ ।हामी सबैको शुभकामना हामी सबैको जय होस

मेरिल्याण्ड, अमेरिका

images
प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - १८:४५:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend