अब्राहम लिंकनले आफ्नो छोरा स्कूल जाँदाको पहिलो दिन छोराले पढ़ने स्कूलको प्रध्यानाध्यापकलाई लगभग एकपेजको एउटा चिट्ठी लेखेका थिए । शिक्षा,आचरण अनुशासन, कला साहित्य, प्रेम, बिज्ञान आदि संक्षिप्तमा सबै क्षेत्रसमेटिएको र सयौ बर्ष अगाडि लेखेको यो चिट्ठी विद्यार्थी, शिक्षक, प्रशासक , नेता र सर्बसाधारण सबैलाई अहिले पनित्यत्तिकै महत्वपूर्ण र सान्दर्भिक देखिन्छ ।
त्यस चिट्ठीमा उनले भनेका थिए “किताब पढ्नु पढाउनु आफैमा असाधारण कुरा हो । मेरो छोरालाई किताब त पढाउनु हुन्छनै त्यो किताब बाहेक अर्को प्रकृतिको किताब (nature of book) पनि पढ़ने वातावरण मिलाई दिनु होला ।”
उसलाई आकाशमा उडिरहेका चराहरु, घमाइलो पाहाडको पाखा पखेरामा फुलेका र झुलेका फुलहरु र ति फुलकोओरिपरी झुम्मिएका र भुनभुनाई रहेका मधुमक्खिहरु, भ्रमराहरु र मौरीहरुको शास्वत रहस्यलाई बुझ्न दिनु होला ।
बिहानै हरियाली पाहाड माथि पर्ने सुनौला सुर्यको किरणको रहस्यको बारेमा सोच्ने मौका जरुर दिनु होला ।
यि सबै प्राकृतिको किताबको रहस्यलाई देखाईरहदा उसलाई कुनै डिक्टेट नगर्नु होला बरु उसलाई आफ्नै आईडियाजमाएकीन गर्न अवसर दिनु होला ।
परिश्रम गरी कमाएको एक रुपैया सित्तैमा पाएको पाँच रुपैया भन्दा बढि मुल्यवान हुन्छ भन्ने कुरा संझाई दिनु होला ।
चिट चोरेर पास हुनुभन्दा फेल हुनु उत्तम हुन्छ । यसले अझ बढि इमान्दार बन्ने पाठ सिकाउछ भन्ने कुरा सुझाई दिनु होला ।
उसलाई राम्रो मान्छे संग बिनम्र र ख़राब वा कडा मान्छे संग त्यसतै कडा रहन सिकाउनु होला ।( Teach him to be gentle to the gentle people and tough with the tough.)आदि आदि ।
यसरी समष्टिमा उनले आफ्नो छोरालाई कडा परिश्रम, पैसा ,साहास , ईमानदारी, प्रेम,बिश्वास आदि कुराहरुको मुल्यमान्यतामा ध्यान दिनुका साथै पढ़ने किताब र प्रकृतिको किताब दुबैमा उत्तिकै बिचार पुर्याएर पढाउन प्रध्यानाध्यापक लाईसुझाएका थिए ।
मलाई त्यति बेला अब्राहम लिंकनले लेखेको यो चिट्ठीको संझना आयो जतिबेला हिन्दू-बुद्ध मन्दिर परिसरमा नेपाली भाषाकक्षा पढिरहेका नानीहरुलाई कृषि संबंधी फर्म र यसको उत्पादनको महत्वको बारेमा प्रत्यक्ष ब्यबहारिक शिक्षा दिनेअभिप्रायले मन्दिर ब्यबस्थापन पक्षबाट मन्दिर बाहिरको खुला ठाँउमा प्रकृतिको किताब पनि पढाउने सक्रियता देखाईयो ।
प्राविधिज्ञहरुको रेखदेखमा ३ फिट चौडाई र ८ फिट लंबाई भएका करीब ५० वटा बेडहरु तयार भै सकेका छन ।
आ-आफ्नो बेडमा माटो भर्ने मल बिउ हाल्ने आदि कामहरु नानिहरुले निकै उत्साहका साथ सबै संगको सहयोगमा कामसुरु गरि सकेका छन ।
अमेरिकी कृषि बिज्ञ एवं कृषि क्षेत्र कै प्राध्यापक समेतको प्रत्येक्ष सल्लाह र सुझावमा बिशेष गरेर समिति का माहासचीबतरुण पौडेलजीले यसको अगुवाई गरिरहनु भएको छ ।
पौडेलजीको भनाई अनुसार प्रत्येक बेडहरुमा आफुले लगाएको तरकारिहरुको बोटानिकल नाम, अंग्रेज़ी नाम र नेपाली नामसमेत उल्लेख गरेर प्रष्ट संग देखिने गरी डिस्प्ले गर्नु पर्ने छ ।
यस बाहेक त्यहाँ गाडिएका प्रत्येक पिलरहरुमा तयारी अबस्थामा रहेका चराका गुँडहरु राखिने छन जस बाट नानिहरुलेआकाशमा उडने चराहरुको गुँडमा हुने एक्टिभिटि पनि थाहा पाउने छन ।
यसप्रकार नेपाली भाषा सिक्ने नानिहरुले आफ्नो घरको किचनमा हुने संपूर्ण तरकारिहरु के कस्तो ठाँउमा कसरी फल्नेरहेछ , त्यस्तो बोट बिरुवाको प्रकृति कस्तो हुने रहेछ आदि सबै कुराहरु स्वयं आफै अनुभव गर्ने छन र अरुलाई बताउनसमेत सक्षम हुनेछन । पछि आफ्नो घरपरिसरमा आफै लगाउन उत्साहित हुने छन ।
अन्तमा, आशा गरौ यहाँ पनि अब्राहम लिंकनले भने जस्तै हाम्रा नानिहरु पनि बहुआयामिक ,सृजनशील र प्रतिभावानहुनुको साथै हाम्रो कला र धर्म संस्कृति संरक्षण गर्दै भबिष्यमा पनि निरन्तरता दिदै जानेछन । साथै प्रध्यानाध्यापककोभूमिका मन्दिर ब्यबस्थापन समिति र शिक्षक शिक्षिका हरुले खेल्ने छन र यस्तै प्रशंसनीय कार्यहरुले निरन्तरता पाउदैजानेछ ।हामी सबैको शुभकामना । हामी सबैको जय होस ।
मेरिल्याण्ड, अमेरिका