स्याङ्जा, १९ असार । स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकामस्थित मुख्य बजारको चोकमा सुन्तलाकोप्रतीक स्वरूप दुईवटा हरिया पात र डाँठ सहित एउटा पाकेको सुन्तला दानाको प्रतिमा स्थापना गरेको छ ।
पुतलीबजार नगरपालिका–१ स्थित सहिदचोकमा निर्मित टावरको भित्री भागमा पाकेको सुन्तलाको फल राखिएको हो ।नवलपरासी निवासी नरबहादुर विकले झण्डै ३ महिनामा सो प्रतिमा निर्माण गर्नुभएको हो ।
करिब ५० किलो तौलको सो प्रतिमामा तामा, पित्तल लगायतका विभिन्न धातु मिश्रण गरी बनाइएको छ । उक्त प्रतिमानिर्माण गर्न करिब ५ लाख लागेको बताइएको छ ।
जिल्लाकै पहिचान बोकेको सुन्तला र त्यसमा पनि पुतलीबजारमा अत्यन्तै राम्रो उत्पादन हुने भएकाले सुन्तलाकोप्रवद्र्धधन एवं पहिचानका लागि सुन्तलाको प्रतिमा राखिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्गमै पर्ने सहिद चोकमा ‘एउटा सुन्तलाको पाकेको फल’ स्वरूपको प्रतिमाले स्याङ्जाको पहिचान प्रदर्शनगरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाको भनाई छ ।
कालिगण्डकीखबर डटकमबाट