Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

अध्यक्ष अर्जुन बन्जाडेको टिम सफल हुने आधारहरु -परशुराम भण्डारी

अध्यक्ष अर्जुन बन्जाडेको टिम सफल हुने आधारहरु -परशुराम भण्डारी

नेप्लिज डायस्पोरा

१६, श्रावण २०८०
images
अध्यक्ष अर्जुन बन्जाडेको टिम सफल हुने आधारहरु -परशुराम भण्डारी

एन आर एन एन सि सि अमेरिकाको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक आज बिहान सिकागोमा संपन्न भएको छ । १२ औं साधारण सभाको उद्घाटन कार्यक्रम देखि सपथग्रहण अनि पदहस्तान्तर कार्यक्रम समेत एकै दिन गर्ने कार्यक्रम भएको कारण आजको पहिलो मिटिंगको तयारी पुरा नहुनु स्वभाबिक नै हो ।

यो पटकको निर्बाचनमा निर्बाचित सबै पदाधिकारीहरु हिजोको कार्यक्रममा सहभागी भए पनि आजबाट सबैको काम ब्यापार ब्यबसायमा जानु पर्ने भएका कारण कतिपय पदाधिकारीहरूको प्लेन टिकट हिजो बेलुका र आज बिहानै भएर पनि आजको मिटिंगमा सत्प्रतिशत उपस्थिति हुने नसकेको हुनुपर्छ ।


आजको पहिलो बैठकमा नै एन आर एन को मेरूदण्डको रूपमा रहेको च्याप्टर अध्यक्षहरूलाई पदेन बोर्ड अफ डायरेक्टरको रूपमा सहभागी गराउनु पनि परिबर्तनको शुरूवातको रूपमा लिन सकिन्छ ।

त्यसैगरी यो पटक महिलाहरूको अत्यधिक सहभागिताका लागि आरक्षण गरिएका महिलाहरूका पदहरुले पनि अबको एन आर एन को अभियानमा महिलाहरुको सहभागिताका लागि कोषेढुंगा साबित बन्न सक्छ ।

नब निर्बाचित महा सचिवले आफ्नो बिचार राख्ने क्रममा मन भाव का आधारमा निर्बाचन पूर्व एउटा समुह बने पनि अब हामी एउटा समुहमा छौ भन्नु उहांको उदारताको महानताको पराकाष्टा हो । त्यसैगरी नबनिर्बाचित अध्यक्षले आफ्ना प्रतिद्वन्द्वी मित्र दिलूजीलाई राखिएको प्रस्ताव र उहांका बिचारहरू प्रति अत्यन्त सकारात्मक रहनु पनि अध्यक्षको ठूलो महानता हो ।

अध्यक्ष डा बन्जाडेले अब मनोनित गरिने पदहरुमा सो पदमा काम गर्नका लागि चाहिने सामान्य बायोडाटाहरु समेत लिएर नियुक्ति गर्ने प्रस्ताव अत्यन्त सह्रानीय देखिन्छ । एन आर एन एउटा अभियान हो यस्ले स्थानीय सामुदायिक संघ सस्थालाई जोड्न र सामाजिक सद्भावना देखाउन सक्ने बनाउनका लागि त्यस्ता ब्यक्ति नियुक्ति हुन जस्ले सामुदायिक कार्यमा उसको अब्बल दर्जाको भूमिका रहेको होस ।

आशा छ, डा बन्जाडेले मनोनित गरेका गरिमामय पदहरूले मात्रै लेडिगेटमा जाने र आइ सि सि को मतदाता मात्रै होइन स्थानीय राज्य स्तरमा रहेका सस्थामा उनीहरुले गरेको अतुलनीय योगदानको आधार बनोस । ती पदहरू नियुक्ति गर्दा ब्यक्ति बसेको / रहेको राज्यका मानिसहरूले पनि गर्ब गरून ।

आजको बैठकपछि पत्रकार सम्मेलनमा प्रस्तुत महासचिव र अध्यक्षका बिचारहरू सुन्दा त्यही छनक देखियो । आशा छ, जसरी समाबेशीका नाराले प्रायः महत्वपूर्ण पदहरु उहाकै टिमका साथीहरुले बिजय प्राप्त गरे पनि दिलूजीको टिमबाट बिजयी मित्रहरूले कहिलै पनि फरक मतको टिमको भन्ने अनुभूति नहोस ।

डा अर्जुन बन्जाडे तपाईले अहिले दिलूजीको टिमबाट निर्बाचनमा बिजयी बनेका सबै मित्रहरू अत्यन्त प्रभावशाली र केही गरौ भन्ने भावले ओतप्रोत हुनुहुन्छ जस्तो देखिन्छ । जस्तो कि यहांको टिमको महासचिव न्यूयोर्कमा अत्यन्त ठूलो जनाधार भएको ब्यक्ति जस्ले २/२ पटक च्याप्टरको नेतृत्व गर्नु भएको थियो ।

राम हरि अधिकारीलाई चिन्नका लागि २ वटा बिषम घटनामा उहांले गरेको कामका भिडियो वा स्टाटस पढे हेरे पुग्छ । एउटा नेपालमा भूकंप भएको वेला नेपालमा सहयोग गर्नका लागि गरेको प्रयास र दोश्रो कोरोनाको बेला कोही मानिसहरू बाहिर ननिस्कदा पनि एक्लै कोठा कोठा गएर नेपालीहरुलाई गरेको सहयोग ।

खासगरी कोरोनाको समयमा तपाईले गर्नु भएको त्याग नै आजको तपाईको बिजयको आधार हो । त्यसै गरी टेक्सास राज्यमा अत्यन्त पपुलर सो राज्यको च्याप्टर र एन एस टि मा समेत काम गरेका भानु खरेल जस्ता समाजसेवी उपाध्यक्ष पाउनु पनि डा बन्जाडेको लागि ठूलो सौभाग्य नै हो । त्यस्तै टेक्सास निबासी अर्का समाजसेवी सफल ब्यबसायी लाइन्स क्लब देखि स्थानीय नेपाली सामुदायिक केन्द्रमा सशक्त भूमिका खेलेका कोषाध्यक्ष सरोज सिग्देल जस्तो डायनामिक नेता पाउनु पनि डा बन्जाडेको लागि अर्को सौभाग्य हो ।

आइटि क्षेत्रका हस्ति तथा पुरानो कार्य समितिका सशक्त कामकाजी प्रिय भाइ अनुप खनाल जस्तो इनर्जेटिक युवाले बिजय प्राप्त गरी डा बन्जाडेले पाउनु पनि बन्जाडे सफल बन्ने अर्को प्रमाण हो । बोर्ड अफ डायरेक्टरमा च्याप्टरमा काम गरेका अत्यन्त अनुभवले खारिएका साथीहरु पाऊनु , डा गंगाधर आचार्य जस्तो बौद्दिक ब्यक्तित्व समेत यहांको साथमा रहनु पनि यहांको कार्यकाल सफल हुने अर्को आधार हो ।

भर्जिनिया च्याप्टर अध्यक्ष बिशाल कार्की , मेरिल्याण्ड च्याप्टर, न्यूयोर्क च्याप्टर, टेक्सास च्याप्टर, कोलोराड च्याप्टर, क्यालिफोर्निया च्याप्टर केन्टकी च्याप्टर, बोष्टन च्याप्टर अध्यक्षहरुसंगको छोटो संबादबाट पनि थाहा भयो कि यस पटकको च्याप्टरको शक्ति कति मजबुत छ त्यसैले पनि तपाईको केन्द्रीय कमिटी अत्यन्त मदबुत छ ।

अब निर्बाचनमा जो जस्का साथ जसरी निर्बाचनमा सहभागी भए पनि अब तपाईसंग कुनै गुट छैन, अव गरिने निर्णयमा आफ्नो टिमका साथीहरुको सल्लाहबाट काम गर्नुस , नेपथ्यबाट आउने सल्लाहलाई सुन्नुस तर निर्णय आफै गर्नुस , निर्णय गर्दा जात धर्म बर्ण क्षेत्र र नेपालको फोहोरी राजनीतिबाट यो सस्थालाई माथि राख्नुस । तपाईका पछाडि ठूलो समुह छ ।

यो अभियानमा सहभागी बन्दा काठमांडूबाट दशैका बेला अर्घाखाचीको अर्घातोश जादाको जुन मज्जा आउथ्यो धेरै साथीहरु आफ्नै पैसा खर्च गरेर १२/१३ घन्टाको ड्राइभ गरेर त्यहां आएका छन । धेरै श्रमजीबिहरु पनि त्यो उत्सव मनाउन आएका छन तिनलाई पनि संझेर काम गर्नु होला । यहांहरुको आजको मिटिंगको जानकारी अमेरिकामा स्थापित ठूला मिडियाहरुको पनि साथ सहयोग चाहिएमा हामी अबस्य सहयोग गर्ने छ । यहांहरुको यो दुइ बर्षको कार्यकाल स्वर्णीम अक्षरले लेखियोस । यहांहरुको कार्यकालको सफलताको हार्दिक शुभकामना ।

images
प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - ०१:३५:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend