Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिकाको प्रवक्तामा डा. राजन पन्त नियुक्त

एनआरएनए अमेरिकाको प्रवक्तामा डा. राजन पन्त नियुक्त

नेप्लिज डायस्पोरा

२९, श्रावण २०८०
images
एनआरएनए अमेरिकाको प्रवक्तामा डा. राजन पन्त नियुक्त

अमेरिका । एनआरएनए अमेरिकाको प्रवक्तामा डा. राजन पन्त नियुक्त भएका छन् ।

एनआरएनए अमेरिकाको आइतवार बसेको कार्यसमितिको बैठकमा अध्यक्ष बन्जाडेले यो जानकारी दिएका हुन् । बैठकशुरु हुनु अघिनै अध्यक्ष बञ्जाडेले पन्तलाई प्रवक्ता नियुक्त गरी सपथ समेत गराएको भनेर बैठकमा जानकारी गराएकोसहभागी एक सदस्यले जानकारी दिए ।

प्रवक्ता नियुक्त गर्ने अधिकार विधानले अध्यक्षलाई दिएको छ । प्रवक्ता एनआरएनए कार्यसमितिको सदस्य सरह हुन्छ ।

पन्त २०१९-२१ कार्यकालमा मेम्बरशीप भेरिफिकेशन कमिटिको चेयर थिए ।

कार्यसमितिको वैठकमा अध्यक्षले २७ जना सल्लाहकारको नाम समेत पढेर सुनाएका थिए । तर, सल्लाहकार हुनकालागि सम्वद्ध व्यक्तिको बायोडाटा आवश्यक पर्ने भएकाले त्यस अनुसार नआएकाले आइतवार नियुक्त हुन सकेनन् ।सल्लाहकारमा परेकाहरुसँग वायोडाटा लिएर प्रकृया पुर्याएर सबैको छलफल पछि फेरि वोर्डमा लैजाने निर्णय भयो । पाँचजना सल्लाहकार अध्यक्षले नियुक्त गर्न पाउँछन् । तर, यी पनि आफ्नो क्षेत्रमा विशेष दक्षता भएका व्यक्ति हुनुपर्छ ।

एनआरएनए अभियानमा सम्लग्न नभएका तर गत निर्वाचनमा मात्र सक्रिय भएका केही नामहरुमा विवाद समेत भएकोबुझिएको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १७:३३:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend