Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनएको उपाध्यक्षमा डा केशव पौडेलको उम्मेदवारी घोषणा

एनआरएनएको उपाध्यक्षमा डा केशव पौडेलको उम्मेदवारी घोषणा

नेप्लिज डायस्पोरा

२९, भाद्र २०८०
images
एनआरएनएको उपाध्यक्षमा डा केशव पौडेलको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा केशव पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार राजधानीको होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनका बीच संघका वर्तमान महासचिव पौडेलले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए । 

उनले अध्यक्षमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठलाई समर्थन गर्दै आफूले महासचिवमा उम्मेदवारी दिएको बताए । उनले सहमति, सहकार्यको माध्यमबाट संघलाई उचाइमा लैलाने दायित्व रहेको भन्दै त्यसका लागि अध्यक्षको उम्मेदवारबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको  दुई कार्यकाल  अध्यक्ष  तथा एक कार्यकाल प्रमुख संरक्षकको रुपमा समेत काम गरिसकेका उनले एनआरएनए अभियान एउटा निर्णायक मोडमा पुगेको बताए । 

पौडेलले आफ्नो उम्मेदवारीका साथ आफ्नो प्रतिबद्धतापनि सार्वजनिक गरेका छन् । जसमा निर्वाचित भई आउने अध्यक्ष सहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रित योजनाहरुको कार्यन्वयन गर्नेतर्फ आफ्नो ध्यान रहने बताएका छन् । आफूलाई उपाध्यक्षको रुपमा उभ्याईरहँदा केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले गरेका छन् । 

उनले भने, ‘खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोप लगायतका देशमा रहनुहुने त्यहाँको नागरिकता लिनुभएका गैरआवासीय नेपालीले नेपालमा रहेको सम्पत्तिलाई लिएर धेरै असजिलो अवस्था व्यहोर्नु परिरहेको छ । नेपाल भित्र केही गर्नु पर्दा पनि विदेशी दर्जामा गर्नु परिरहेको छ, यी बाहेक पनि मुख्य कुरा आफूलाई एक प्रकारको विभेद जस्तो व्यहोर्नु परिरहेको छ, तसर्थ त्यसलाई टुंगोमा पुर्‍याउन नेपाली नागरिकताको निरन्तरता नै आवश्यक छ ।’ 

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १७:२६:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend