अमेरिकाको टेक्सस स्टेटका सांसद सलमान भोजानी सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नेपाल जाने भएका छन । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण लागि भोजानीसहितको टिम सेप्टेम्बर २० तारिखमा नेपाल जाने भएको छ ।
उनले टेक्सासमा रहेका नेपाली समुदायलाई ब्यक्तिगत रुपमा इमेल गरेर आफु सगरमाथा चड्नका लागि जान लागेको जनाएका छन । टेक्सस हाउस अफ रिप्रेजेन्टेटिमका भोजानी सेप्टेम्बर २२ मा नेपाल पुग्ने र एक दिन आराम गरेर २४ बाट सगरमाथाका चड्नका लागि बेसक्याम्प तर्फ लाग्ने बताएका छन ।
उनले लेखेको इमेलमा आफु सगरमाथा चड्न जान अगाडी टेक्ससमा रहेका नेपाली समुदायका अगुवा र अधिकारीहरु तथा पत्रकारहरुसँग भेट्ने चाहना रहेको समेत उल्लेख गरेका छन । त्यसमा लागि उपयुक्त वातावरण मिलाउन भनेका छन् । आफुले सगरमाथा चड्न जाँदाको क्षणलाई फोटो र भिडियोमा कैद गर्नका लागि पहल गर्ने बताएका छन ।
टेक्ससको हाउस डिस्ट्रिक्ट ९२ बाट भोजानीले डेमोक्रेकटिक पार्टीका लागि हाउस अफ रिप्रजेन्टेटिभमा निर्वाचित भएका थिए । हाल उनी अमेरिकी पासपोर्ट होल्डर भएपनि उनको पुर्खा पाकिस्तानबाट आएको हो ।