Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए सचिवमा कृष्णजीवि पन्थको उमेद्वारी घोषणा

एनआरएनए सचिवमा कृष्णजीवि पन्थको उमेद्वारी घोषणा

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८०
images
एनआरएनए सचिवमा कृष्णजीवि पन्थको उमेद्वारी घोषणा

एनआरएनए आईसीसीको सचिव पदमा कृष्णजीवि पन्थले उमेद्वारी दिने सार्बजनिक घोषणा गरेका छन् ।

पन्थले आफ्नै फेसबुक मार्फत केहि दिन अगाडी उक्त घोषणा गरेका हुन् ।पन्थ एनआरएनए अमेरिकाका निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । उनले बोर्ड मेम्बर र उपाध्यक्ष हुदै बरिष्ठ उपाध्यक्षको जिम्मेवारी पुरा गरेका हुन् । 

"मैले अमेरिकामा पटक पटक जिम्मेवारी पाएं र सो जिम्मेवारीलाई सक्रियताका साथ निभाएं ।" कृष्णजीवि पन्थले नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाईसंगको टेलिफोन कुराकानीमा भने, "अब म आईसीसीको लेबलमा काम गर्न चाहन्छु ।"

पन्थले भने "एनसीसीहरुले धेरै काम गर्न सक्छन तर आईसीसीमा गएर धेरै कुराहरु रोकिन्छ । अब म त्यहां गएर एनसीसीहरुका पक्षमा आवाज उठाउछु । साधारण सदस्यहरुका पक्षमा आवाज उठाउंछु ।"

"हरेक एनसीसीका सबै सदस्यहरुले आईसीसीको निर्वाचनमा पनि भोट हाल्न पाउनु पर्छ । प्रतिनिधि कोटाको सिष्टम हट्नुपर्छ ।" पन्थले भने ।  "म त्यसकारण उमेद्वारी दिदैछु ।"

एनआरएनए एनसीसी अमेरिकाका सबै निर्वाचनहरुमा लोकप्रिय र भारी मतका साथ विजयी हुने गरेका पन्थले यो पटकको निर्वाचनमा अध्यक्ष पदको लागि स्वभाविक दाबेदार थिए । तर पन्थले संस्थाको शुद्धिकरणका लागि आफुले योगदान गर्ने भन्दै अध्यक्षको पदमा नउठ्ने निर्णय गरेका थिए ।

साथै पन्थले संस्थामा लामो समय योगदान गरेका साथीहरुलाई समेट्दै डाक्टर अर्जुन बन्जाडेको नेतृत्वमा एउटा टिम बनाए र उनीहरुलाई जिताउने संकल्प गरे । यो कामलाई तार्किक निष्कर्षमा पुर्याएको भन्दै नजिकका साथीभाईहरुले पन्थलाई क्रेडिट दिंदै आएका छन् ।

एनआरएनए अमेरिकाको निवर्तमान कार्यसमितिका अधिकांश पदाधिकारीहरु फेस भेरिफिकेशन सहितको निर्वाचनका विपक्षमा रहेका बेला पन्थकै अडानका कारण फेस भेरिफिकेशन सहितको निर्वाचन सम्भब भएको पनि बताईन्छ । 

एनआरएनए अमेरिकाको भर्जिनियामा खरीद गरिएको भवनको श्रेय पनि  पन्थलाई नै जान्छ । झण्डै तीन लाख अमेरिकी डलर नगद जम्मा गरेर खरीद गरिएको यो योजनाको संयोजक कृष्णजीवि पन्त नै थिए ।

पन्थकै नेतृत्वमा नेपालको सल्यान जिल्लाको विकट गांउमा झण्डै एक करोड खर्चमा प्रसुती गृह निर्माण सम्पन्न भई संचालनमा आएको छ । आईसीसीको 'एक एनसीसीसी एक सामाजिक परियोजना' शिर्षकमा यो काम सम्पन्न भएको हो ।

आफू उमेद्वार हुने कुरा सार्बजनिक भएपछि संसारभरीबाट शुभकामना प्राप्त भएकोले आफूमा हौसला बढेको पन्थले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए । 

 

 

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - ०२:०१:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend