अमेरिका ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोवर १७–१९ ( असोज ३० – कार्तिक २) मा हुने निर्वाचनमा गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
केसी नेपाली लोक गीत संगीतकी चर्चित गायिका हुन् ।उनी केही बर्षदेखि क्यानडामा बसोबास गर्दै आएकी छन् ।
गैरआवासीय नेपाली तथा महिला सशक्तीकरणका क्षेत्रमा कार्य गर्ने उद्देश्य अनुरुप उम्मेद्वारी दिने निर्णय गरेको देविकाले बताईन ।
करीब दुई दशकदेखि लोक गायिकाको रुपमा नेपाली लोक गीत र संगीतको प्रवर्द्धन गर्दै एनआरएनएमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा २०१३ देखि विभिन्न देशहरुमा साँगीतिक प्रस्तुति सहित सहभागी भईरहेकी छन् ।
मध्यपूर्वमा रहेका बेला केसीले २०१७-२०१९ मा अन्तर्राष्टिय समन्वय परिषद् सदस्य भई जिम्मेवारी निर्वाह गरिसकेकी छन्।