Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनएको निर्वाचन कार्यतालिका र उमेद्वार संख्या सार्वजनिक

एनआरएनएको निर्वाचन कार्यतालिका र उमेद्वार संख्या सार्वजनिक

नेप्लिज डायस्पोरा

३, आश्विन २०८०
images
एनआरएनएको निर्वाचन कार्यतालिका र उमेद्वार संख्या सार्वजनिक

गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन समितिले निर्वाचन  कार्यतालिका सार्वजनिक गरेको छ ।

अक्टोबर १९ मा हुने चुनावका लागि निर्वाचन समितिले बनाएको कार्यतालिका अनुसार एक जना अध्यक्ष, आठ जना उपाध्यक्ष, महासचिव एक जना, उपमहासचिव दुई जनाको कार्यसमितिका लागि निर्वाचन हुने सूचना जारी गरेको छ । निर्वाचन समितिका अनुसार पदाधिकारीको कूल संख्या ७४ हुनेछ ।

यस्तै सात जना सचिव छन् जसमा एक जना महिला हुनुपर्नेछ । कोषाध्यक्षमा एक जना हुँदा सहकोषाध्यक्ष चार जना रहनेछ । जसमा महिला एक जना रहनेछन् । यसैगरी महिला संयोजकमा एक जना, युवा संयोजकमा एक जना हुने कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै, प्रत्येक क्षेत्रमा एक एक जना क्षेत्रीय संयोजक हुनेछन । जसमा छ जना हुनेछन् । त्यसैगरी क्षेत्रीय उप-संयोजकमा १७ जना हुनेछन् । जसमा अफ्रिका क्षेत्रबाट दुई जना हुँदा अरु क्षेत्रबाट तीन जनाका दरले हुनेछन् ।

यस्तै, क्षेत्रीय महिला संयोजक प्रत्येक क्षेत्रबाट एक एक जना गरेर ६ जना हुनेछन । क्षेत्रीय महिला उप-संयोजक ६ जना हुनेछन । जसमा प्रत्येक क्षेत्रबाट एक एक जना रहनेछन् । क्षेत्रीय युवा संयोजक र उप संयोजक पनि ६-६ जना हुनेछन् ।

nrna.png

 

 

 

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - ०६:३२:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend