Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अभिनवको २५९ अ‍ौं काव्यशृङ्खला र पुस्तक विमोचन सम्पन्न

अभिनवको २५९ अ‍ौं काव्यशृङ्खला र पुस्तक विमोचन सम्पन्न

नेप्लिज डायस्पोरा

३, आश्विन २०८०
images
अभिनवको २५९ अ‍ौं काव्यशृङ्खला र पुस्तक विमोचन सम्पन्न

पाल्पा, भदौ ३०, २०८० ।

अभिनव साहित्य समाजको मासिक नियमित कार्यक्रम यही भदौ ३० का दिन मोतीजयन्ती, तीजविशेष, पुस्तक विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । भैरव स्मृति भवन जोरपाटीमा दिउँसो १ बजे आरम्भ भएर ४.३० बजे सम्पन्न भएको यो कार्यक्रमको सञ्चालन अभिनवका सहसचिव शारदा पराजुलीले गर्नुभयो र अध्यक्षता अभिनवका उपाध्यक्ष विमल अर्यालले गर्नुभयो ।

प्रमुख आमन्त्रित - खोलाघरे साहिंलो रहनुभएको कार्यक्रममा स्वागत- मेनका पोख्रेलले गर्नुभयो । विशेष आमन्त्रितमा - चार वेदका अनुवादक तिलकप्रसाद लुइँटल र वरिष्ठ गायक रामबहादुर पहाडी हुनुहुन्थ्यो ।

कीर्तिशेष साहित्यकार मोतीराम भट्ट, भैरव अर्याल र वासुदेव लुइँटेलहरूका तस्वीरमा सामूहिक माल्यार्पण गरेर आरम्भ गरिएको सो कार्यक्रममा खोलाघरे साहिंलाको " पत्तासाफ" गजलसंग्रहको सामुहिक विमोचन र विमोचित पुस्तकमाथि विशेष आमन्त्रित तिलकप्रसाद लुइँटेलले संक्षिप्त चर्चा गर्नुभएको थियो ।


प्रमुख आमन्त्रितको मन्तव्यमा - खोलाघरे साहिंलोबाट संक्षिप्त मन्तव्यमा अभिनव साहित्य समाजलाई हार्दिक धन्यवाद दिनुभयो । गोविन्द घिमिरे वेदमणिले कीर्तिशेष स्रष्टाहरू मोतीराम, भैरव अर्याल र वासुदेव लुइँटेलहरूमा हार्दिक श्रद्धाञ्जलीसहित उपस्थित सबैमा तीजको शुभकामना व्यक्त गर्नुभएको थियोे ।

१९ जना स्रष्टाहरूले विभिन्न रचना प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा मनास्लु स्कूलका छात्राहरूबाट सामुहिक तीज गीत-"तीज आयो रमाइलो चाड चेलीको, रमाइलो गरेर नाच सँगी हो..." प्रस्तुत गर्नुभएको थियो ।


यी प्रस्तुतिबाहेक धेरैवटा तीजगीतहरूमा सामुहिक नृत्य गरिएको थियो । सामुहिक दर समेत खाने रमाइलो कार्यक्रमको सधन्यवाद समापन कार्यक्रमका अध्यक्ष विमल अर्यालले गर्नुभयो ।


कार्यक्रममा बाजुराम पौडेल,बद्रीप्रसाद सुवेदी पर्शुराम पराशर, सुमन पुडासैनी, शान्ति रिसाल, घमा भट्टराई खनाल, अप्सरा ढकाल, बीपी इलामे, राजेशमान केसी, पवन संग्रौला, भावना न्यौपाने लगायत ४ कोरीजतिको उपस्थिति रहेको थियो ।


सबै साहित्य संस्कृतिप्रेमी मनहरूमा हार्दिक थियो ।

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - २०:२०:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend