Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

भरिया दाइ र गहतेडाँडा ! (कविता) ✍️ भवानी न्यौपाने 'भावना'

भरिया दाइ र गहतेडाँडा ! (कविता) ✍️ भवानी न्यौपाने 'भावना'

नेप्लिज डायस्पोरा

५, आश्विन २०८०
images
भरिया दाइ र गहतेडाँडा ! (कविता)  ✍️ भवानी न्यौपाने 'भावना'

गहतेडाँडाको पिपल चौतारीमा
थकान मार्दै थियो एउटा भरिया दाइ सवारीमा ।
प्रतीक्षारत थियो इन्द्रेणी आगमन
लम्पसार थियो रातोमाटोको नागबेली बाटोमा ।
आकाशमा आफ्नै देशको इन्द्रेणी देखिएपछि
उसैको छायाँ सजाउँथ्यो छातीमा
कतै बटुवाहरूको लामबद्ध यात्रा देखिन्थ्यो
मुस्काइरहेका थिए लता,वृक्ष
अनि सुन्तला, हलुवावेदका डोकाहरू पल्लो गाउँका बारीमा ।
कतै धमीराका ढिस्काहरू देखिन्थे
उसले आफ्नो भारी बोकेर डुलिरहन्थ्यो काँधमा
एकदिन,
भरिया दाइ डाँडामाथिको खुर्पे चन्द्रमा हेर्दै
उत्तानो पल्टिरहेको थियो
किनकी ऊ थियो इन्द्रेणीको प्रतीक्षामा।
देवीथानको मन्दिर सम्झिँदै
डुबेको थियो भावुकतामा ।
कहिले सम्झिन्थ्यो कैलाशडाँडा,
कहिले सम्झिन्थ्यो राप्ती नदी,
कहिले सम्झिन्थ्यो मसोट खोला
अनि गुनगुनाउँथ्थो शितलपुर मन्दिरमा
किनकी यी सबै आफ्नै भूगोल हुन्
भरिया दाइलाई विदेश मन पर्दैन
त्यसैले ऊ इन्द्रेणी हेर्दै हिँडिरहन्छ आफ्नै देशको भुस्वर्गमा ।

- तुलसीपुर कृष्णटोल ५ ग लाइन, दाङ ।

images
प्रकाशित मिति :आश्विन ५, २०८० शुक्रवार - ०७:५५:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend