Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए यूकेका पूर्व उपाध्यक्ष तथा तेक्वान्दोका पूर्व खेलाडी तथा प्रशिक्षक राष्ट्र राईको निधन

एनआरएनए यूकेका पूर्व उपाध्यक्ष तथा तेक्वान्दोका पूर्व खेलाडी तथा प्रशिक्षक राष्ट्र राईको निधन

रोशनबहादुर सिंह

६, आश्विन २०८०
images
एनआरएनए यूकेका पूर्व उपाध्यक्ष तथा तेक्वान्दोका पूर्व खेलाडी तथा प्रशिक्षक राष्ट्र राईको निधन

एनआरएनए युकेका पूर्व उपाध्यक्ष तथा तेक्वान्दो खेलाडी र प्रशिक्षक राष्ट्र राईको निधन भएको छ । उनका असामयिक निधनले तेक्वान्दो परिवार निकै मर्माहित भएको छ ।

५८ बर्षे राईको कार्डियाक अट्याकबाट निधन भएको परिवारले जनाएको छ । बहुप्रतिभाका धनी मानिने राईले नेपाली खेलकुदमा पनि ठूलो सहयोग गरेका छन । विशेष गरेर तेक्वान्दोको विकाशमा राईको योगदान ठूलो रहेको छ । आफुपनि पूर्व खेलाडी तथा प्रशिक्षक रहेका राईले साउथ इष्ट इंग्ल्याण्डमा सगरमाथा तेक्वान्दो डोजाङपनि स्थापना गरेका थिए।

सन् २०१५ देखि १७ सम्म यूकेको एनआरएनको उपाध्यक्ष रहेका राई बेलायती सेनामा भर्ना भएर बेलायत पुगेका थिए । उनी तेक्वान्दोको छैटौं डान पाएका ब्यक्ति हुन । विहिबार नियमित ब्याटमिन्टन खेल्ने स्थानबाट घर फर्किएपनि अचानक उनलाई अट्याक आएको थियो ।

फिजिकल फिटनेसमा सधै ध्यान राख्ने राई घरमा बसिरहेको बेला अट्याक आएको र तत्काल उपचारका लागि अस्पताल पुर्याउने क्रममा बाटोमा निधन भएको बताइएको छ ।

सपरिवार बेलायतमा बसोबास गर्ने राईको श्रीमती एक छोर र एक छोरी रहेका छन । समाजसेवा, खेलकुदका साथै पेन्टिङका पनि सौखिन रहेका राईले धेरैपटक च्यारिटीमा सहयोग गरेका छन ।

लण्डनबाट हराएका निभान मृत फेला

रुपन्देही घर भएर हाल बेलायतमा बस्दै आएका २४ वर्षीय निभान मगरलाई चार दिनपछि पुलिसले मृत फेला पारेको छ । लन्डन प्लमस्टिडबाट गत सोमबार अर्थात सेप्टेम्बर १८ देखि हराएका मगरको खोजीका क्रममा बेलायती पुलिसले उनको शव फेला पारेको हो।

साउथ इष्ट लन्डनको एरिथस्थित नदी किनारामा उनको शव भेटिएको प्रहरीले परिवारलाई जानकारी गराएको थियो । मृत्‍युको कारण स्पष्ट भइसकेको छैन। मगरको शव अर्पिङटनस्थित प्रिन्सेस रोयल हस्पिटलमा राखिएको र पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ।

पूर्व गोर्खाका छोरा निभान प्लमस्टिडमै एक नेपाली परिवारसँग बस्दै आएका थिए। उनका आमाबाबु नेपालमा र दिदी लन्डनमै छुट्टै बस्दै आएकी थिइन्। 

images
प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - ०४:४८:५० बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend