एनआरएनए भर्जिनिया च्याप्टरको नयाँ कार्यसमितीले निर्वाचन सम्पन्न भएको करिव दुई महिनापछि पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ ।
भर्जिनियामा भएको एक कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विशाल कार्कीको टिमले पद तथा गोपनियताको सपथ लिएका हुन । जुलाईमा भएको निर्वाचनमा लोकप्रिय मतसहित भर्जिनिया च्याप्टरको अध्यक्षमा विशाल कार्की विजयी भएका थिए । उनले अध्यक्ष पदमा विजय बगालेलाई पराजित गरेका थिए । यस्तै उपाध्यक्ष अर्जुनध्वज खड्काले पुष्पा घिमिरेलाई पराजित गरेका थिए ।
यस्तै च्याप्टरको सचिवमा गेहेन्द्र पोखरेल, महिला कोर्डिनेटरमा लता घिमिरे, युथ कोर्डिनेटरमा अभिजित राई र च्याप्टर बोर्ड मेम्बरमा अनील भट्टलाई तथा हरी भण्डारीले जित निकालेका थिए ।
उनीहरुलाई एक कार्यक्रमविच एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जोडेले पद तथा गोपनियताको सपथ गराएका हुन ।
सोहि कार्यक्रममा बोल्दै बन्जाडेले काठमाडौंमाहुने एनआरएनए आईसीसी चुनावमा डेलिगेसन सदस्य छनोटको प्रक्रियाका बारेमा आपत्ती जनाए । उनले अमेरिकामा करिव १५ हजार सदस्य रहेकाको आइसीसीले दुई सय २० जना प्रतिनिधी दिएको भन्दै आपत्ती जनाए । उनले आइसीसीले भने अनुसार नै एक सय ९८ जना प्रतिनिधीको नामावली बनाएको जुन आपत्तीजनक रहेको बताए ।
तस्विर:लुइटेल जी को फेसबुकबाट