Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

महासचिव प्रत्यासी बुद्धि सुवेदीलाई गंगाधर गौतमको समर्थन

महासचिव प्रत्यासी बुद्धि सुवेदीलाई गंगाधर गौतमको समर्थन

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८०
images
महासचिव प्रत्यासी बुद्धि सुवेदीलाई गंगाधर गौतमको समर्थन

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव गंगाधर गौतमले अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठ टीममा रहेका महासचिवका प्रत्यासी बुद्धि सागर सुवेदीलाई समर्थन गर्ने भएका छन् ।

एनआरएनए युरोपमा राम्रो प्रभाव जमाएका गौतम अब टीम महेशबाटै पदाधिकारीमा समेटिने भएका छन् । संस्थामा देखिएको ध्रुवीकरण रोक्न र एकताका लागि भन्दै उनले महासचिवका प्रत्यासी सुवेदीलाई समर्थन गरेको बताए । ‘म एनआरएनए रुपान्तरणको पक्षमा छु । संस्थालाई एकताबद्ध बनाएर लैजान सकिन्छ भने कसैको बाधक बन्दिनं । अभियानलाई थप सशक्त, संगठित एवम सुदृढीकरणका लागि टीम महेशमा रहेका महासचिवका प्रत्यासी बुद्धिजीलाई समर्थन गर्न तयार छु,’ उनले भने ।

आउँदो अक्टोबर १७ देखि २० तारिखसम्म काठमाडौंमा हुन लागेको ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी श्रेष्ठ र महासचिवका प्रत्यासी सुवेदी हालैमात्र जापान भ्रमण सकेर फर्किएका छन् । उनीहरु युरोप र मध्यपूर्वको भ्रमणमा निस्किने तयारीमा छन् । संसारभरि रहेका डेलिगेट्सहरुको राम्रो समर्थन जुटाइरहेको टीम महेशले जित निश्चित भएको दावी गर्दै आएको छ ।

एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले संगठनलाई २१ औं शताब्दी अनुकूल पारदर्शी र जवाफदेही बनाउँदै राष्ट्रिय समन्वय परिषदहरुलाई अरु बढी सशक्त बनाउन आफुले महासचिव पदमा उम्मेदवारी दिएको बताएका छन्।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - ०७:३३:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend