Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको निधन

इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको निधन

नेप्लिज डायस्पोरा

१०, आश्विन २०८०
images
इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको निधन

उत्तरी इराकको एक विवाह समारोहमा आतिशबाजीले आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् ।

इराकी समाचार एजेन्सी निनाले दर्जनौँ अग्नि नियन्त्रकहरू आगलागी नियन्त्रणमा खटिएको तस्बिर सार्वजनिक गरेको छ । भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ ।

 

इराकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन् । सो क्षेत्रका गभर्नरले मृतक र घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - १६:११:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend