Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युरोप भ्रमण सकेर दुबई पुगे आरके शर्मा

युरोप भ्रमण सकेर दुबई पुगे आरके शर्मा

नेप्लिज डायस्पोरा

२०, आश्विन २०८०
images
युरोप भ्रमण सकेर दुबई पुगे आरके शर्मा

दुबई, २० भदौ । युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइ पुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्मालाई दुबईमा भव्य स्वागत भएको छ । 

गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन् । दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष विकास शाही,निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले स्वागत गरेका हुन् । 

अध्यक्षको उम्मेदवारीका आफ्नो समर्थन जुटाउन तथा विश्वका गैर आवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले यस पटक ४० वटा देशको भ्रमण गरेका छन् । असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदै छ । काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन् ।

images
प्रकाशित मिति :आश्विन २०, २०८० शनिवार - १७:०७:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend