काठमाडौं । सरकारले इजरायल आक्रमणमा परी ९ नेपाली घाइते भएको जनाएको छ । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार १४ जना कार्यरत रहेको एक फार्ममा भएको आक्रमणमा ९ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेकोजनाएको छ ।
एक फार्ममा कार्यरत १४ नेपालीमध्ये ९ जना घाइते भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । इजरालयमा रहेकोनेपाली दूतावासले नजिकबाट समन्वय गरिरहेको बताइएको छ । त्यहाँस्थित नेपाली दूतावासले इजरायलकाअधिकारीहरुसँग सुरक्षा र नेपालीको उद्धारमा पहल गरिरहेको जनाइएको छ ।
घाइतेको उपचारमा सहयोग गर्न पनि आग्रह गरिएको जनाइएको छ । यसैबीच इजरायलमा प्यालेस्टाइनको इस्लामिस्टसमूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएकोस्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए ।
शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन् ।प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेकोकारबाहीमा ४० जना इजरायली नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रियसञ्चारमाध्यमले जनाएका छन् ।
श्रोत: बाह्रखरी डटकम